राष्ट्र हितमा समर्पित
BMP Infology
बिहिवार, फागुन ८, २०७६

केदारनाथ प्रमुखद्वारा राजासँग भेटघाट

आइतवार, ५ माघ २०७६ २०:४१

काठमाडौँ– हिन्दुहरुको पवित्र तिर्थ केदारनाथका जगतगुरु भीमाशंकर लिंगले नेपाल हिन्दु राष्ट्र नै रहेको तथ्यलाई कसैले नकार्न नमिल्ने बताएका छन्।

माघे संक्रान्तिको अवसर पारेर नेपाल आएका भीमाशंकरले आफ्नो चारदिनको नेपाल यात्रामा पशुपतिनाथ र केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा पूजा अर्चना, देवघाट र कालीगण्डकीमा स्नानसँगै राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका थिए।

शंकराचार्य परम्परामा उच्च हैसियत तथा प्रभाव राख्ने भीमाशंकरको यो यात्रा र अभिव्यक्तिलाई नेपाललाई पुनः हिन्दुराष्ट्रको हैसियत औपचारिक रुपमा दिलाउने अभियानको संकेतका रुपमा हेरिएको छ।

पुस २९ मा डोलेश्वर महादेवमा पूजा अर्चना र त्यही राति निर्मल निवासमा राजासँगको भेटघाट र माघे संक्रान्तिको बिहान पशपतिमा विशेष पूजा गरी भीमाशंकर देवघाट प्रस्थान गरेका थिए।

नवलपरासीस्थित मध्यविन्दुका करिब ५ हजार आदिबासिलाई रुद्राक्षको माला लगाइदिएर विदेशीहरुद्वारा भइरहेको धर्म परिवर्तन अभियानलाई प्रतिकार तथा अस्वीकार गर्न उनले आग्रह गरेका थिए। साथै उनले त्यहाँ संस्कृत महाविद्यालय खोली सबै जातजातीका व्यक्तिहरुका लागि ज्ञानको श्रोतमा पहुँच सुनिश्चित गर्न आफू सक्रिय रहेको बताएका थिए।

चार दिनको भ्रमणपछि भीमाशंकर शनिबार गोरखपुरस्थित गोरखनाथ मठ पुगेका थिए। जहाँ मठका प्रमुख महन्थ तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको स्वागत गरेका थिए।

थप जानकारी