राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

योगी पुष्पराज पुरुषद्वारा १ महिने साधनामा अन्तिम १० दिन पानीमात्र पिएर साधना गर्दै

शनिवार, १८ माघ २०७६ ८:३९

काठमाण्डौ । संगतसंस्कृतिको संयोजक योगी पुष्पराज पुरूष विगत २२ दिन देखि एक महिने साधनमा रहेका छन्। आँखा बन्द गरी केही नसुन्ने र केही पनि नबोलिकन गत पौष २५ गते साँझ ९ बजे बाट सुरू गरेको साधना माघ २६ गते सकिने बताइएको छ। यस अघि पनि उनले ७ दिन, १५ दिन र १ महिनाको साधना यसैगरी गरेका थिए।

पौष शुक्ल पक्षको पूर्णिमा तिथिबाट सुरू भएको यो साधना अवधिभर उनले पानी र फलफुल मात्रै खाएका छन् भने माघ १६ गते देखि पानी मात्रै खाएर साधना गरिरहेका छन्।

जीवनलाई योगको आँखा बाट हेर्ने उनले नेपालका विभिन्न धार्मिक संघसंस्थामा आबद्ध छन्। उनी नेपाल सनातन धर्म संस्कृति संगठनको अध्यक्ष,राष्ट्रिय धर्मसभा नेपालको महासचिव,विश्व हिन्दु महासंघको पुर्व केन्द्रिय सदस्य तथा आजिवन सदस्य समेत रहेका छन् ।

संगतसंस्कृति मार्फत संस्कार सहितको समृद्ध समाज निर्माण गर्ने लक्ष्य लिएका योगी पुष्पराज पुरूष ललितपुर स्थित महालक्ष्मी नगरपालिकाको वडा नम्वर ९ मा रहेको संगतआश्रममा बस्ने गरेका छन्। हाल उनी सोहि संगतआश्रममा साधना गरिरहेका छन्।

उनले कलिलो उमेरमा नै आश्रम जीवन सुरु पुरुषले आजीवन धर्म,राष्ट्र र समाजका लागि आफ्नो जीवनलाई समर्पित गर्ने संकल्प समेत लिएको बताइएको छ । आजीवन स्वदेशमा उत्पादन भएको कपडा मात्रै शरिरमा लगाउने संकल्प लिने उनी धर्म,राजनीति,व्यापार र कला यी चार वटै क्षेत्रमा निपुर्ण मानिन्छन्।

समाजमा विधमान जातिय विभेद अन्त्य ,विभिन्न धार्मिक तथा सांस्कृतिक विकृतिहरु हटाउने,धर्म र अध्यात्मलाई वैदिक र वैज्ञानिक ढंगबाट व्याख्या गर्दै मानिसको जनजिविकासँग सहजरूपमा जोड्ने,राष्ट्रलाई समृद्ध बनाउन स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिने लगायतका विभिन्न अभियानहरू उनले चलाइरहेका छन् ।

राप्रपाका केन्द्रिय सदस्य समेत रहेका योगी पुष्पराज पुरुषको २० दिनसम्म दिनको एकपटक फलफुलमात्र खाई र अन्तिम १० दिन पानीमात्र पिएर माघ २६ मा साधना समापन हुदैछ ।

थप जानकारी