राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

नेपालद्वारा अमेरिकालाई १९१ रनको चुनौति

शनिवार, २५ माघ २०७६ १४:००

कीर्तिपुर, माघ २५ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल अलआउट हुँदै अमेरिकालाई १९१ रनको चुनौति दिएको छ ।

खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङ्ग गर्न निम्तो दिएको थियो । शुरुवातमा फितलो प्रदर्शन गरेको नेपाल ४९.२ ओभरमा अल आउट हुँदै १९० रनमा सिमित हुनु पुग्यो ।

कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९ रनको योगदान दिनुभयो भने सुभाष खकुरेलले तीन, आरिख शेखले दुई रन जोड्नुभयो । डुब्यु गर्नुभएका कुशल मल्लले विश्व कीर्तिमान कायम गर्दै ५० रन लिएर पेभेलिएन जानुभयो । विनोद भण्डारीले ५९, करन केसीले १२ रन, सुशान्त भारीले ११ रन लिनुभयो । दीपेन्द्र सिंह ऐरी र सञ्जिब लामिछाने शुन्यमा आउट हुनुभयो । अभिनाष बोहरा नट आउट बन्दै पाँच रनको योगदान दिनुभयो ।

नेपाल र अमेरिका दुवैको लक्ष्य पहिलो जित निकाल्नु रहेको छ । नेपाल पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो । अमेरिकाले पनि ओमनसँग ६ विकेटको हार खेपिसकेको छ । अमेरिकाले ९ खेलबाट १२ अंक बनाएको छ । ओमनको पनि १२ अंक छ ।
नेपालले भने अहिले सम्म खाता खोल्न सकेको छैन । अमेरिकाविरुद्ध नेपालको लक्ष्य जित निकाल्दै तालिकाका अंकको खाता खोल्नु रहेको छ । सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका र ओमनसहित स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् ।

अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ । नामिवियाको आठ र युएईको सात अंक छ । पपुवा न्युगिनी र नेपाल अंकविहिन छन् । नेपालले बुधबार ओमनसँग लिगकै पहिलो खेल खेलेको हो ।
लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्रा्िष्ट्रय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

थप जानकारी