राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई उद्धार गर्न माग

मङ्गलवार, २८ माघ २०७६ १६:२३

काठमाडौँ, माघ २८ गते । प्रतिनिधिसभा आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकको समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा अझै बाढीपीडितका समस्या समाधान गर्न माग गर्नुभयो । सांसद भूमिप्रसाद त्रिपाठीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भैरवबहादुर सिंहले बझाङको एकमात्र राजमार्ग साँघुरो र कालोपत्र पनि गुणस्तरहीन भएको भन्दै स्तरोन्नतिको माग गर्नुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न माग गर्नुभयो । सांसद यशोदा गुरुङ सुवेदीले छाउपडी गोठ भत्काएर मात्र यसको समाधान नहुने भन्दै मनमस्तिष्कबाट छाउपडी प्रथा हटाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

थप जानकारी