राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

भ्रष्टाचारबिरूद्व राप्रपा प्रदेश ५ शसक्त अभियानमा

मङ्गलवार, १३ फागुन २०७६ २०:४७

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ नं. प्रदेशले भ्रष्टाचारबिरूद्व प्रदेशस्तरीय अभियान सञ्चालन शुरु गरेको छ ।

सोही क्रममा मंगलवार तौलिहवामा कोण सभा सम्पन्न गरिएको छ । सभालाई सम्बोधन गर्दै राप्रपा प्रदेश ५ का संयोजक प्रदिप उदयले मुलुकलाई भ्रष्टाचारले तहसनहस पारेको भन्दै त्यसका विरुद्ध आवाज उठाउन नागरिकलाई आग्रह गरे ।

राप्रपा कपिलबस्तुको आयोजनामा भएको उक्त कार्यक्रममा उनले जनताबाट चुनिएर गएका आफुलाई गणतन्त्रका ठेकेदार सम्झने सबै दलका नेताहरु आज भ्रष्टाचारको दलदलमा फँसेको आरोप लगाए ।

राज्य सञ्चालनका क्रममा नीतिगत रुपमा देशमा व्यापक रुपले भ्रष्टाचार बढेकोमा त्यसलाई रोक्न आम जनताले आवाज उठाउनु पर्ने अवस्था आएको भन्दै राप्रपाले भ्रष्टाचारबिरूद्व प्रदेशस्तरीय अभियानको शुरुवात गरेको हो ।

भ्रष्टाचारविरुद्धको  यो अभियानमा प्रदेश नं ५ का १२ जिल्लामा गरिने गरिएको संयोजक प्रदिप उदयले जानकारी दिए ।

थप जानकारी