राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

दोलखा भीमसेनलाई पसिना आएपछि शितल निवासले पठायो कालो बोको

बिहिवार, १५ फागुन २०७६ ७:०१

दोलखा । गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पुर्‍याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा बोकाको बलि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । सो अवसरमा भीमेश्वर मन्दिरमा रुद्री पाठ समेत गरिएको थियो । भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने प्रचलन छ ।

पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्रप्रमुखकामा पठाउने गरिन्छ । भीमेश्वरको शिलामा फागुन ८ गते बिहीबार बिहान ६ बजेर २५ मिनेटदेखि ८ बजेर २५ मिनेटसम्म पसिना आएको थियो ।  (रासस)

थप जानकारी