राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

तपाईंको राशिफल फागुन २४ गते शनिबार

शनिवार, २४ फागुन २०७६ १४:५८

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ):
राजनीति तथा सामाजिक कामहरूमा समय खर्चिनेहरूले समयमा सर्वसाधारणको काम गर्न सक्दा पद प्रतिष्ठा प्राप्त हुने योग रहेको छ । साथीहरूको सहयोगले उपलब्धिमूलक काम गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ भने खोज तथा अनुसन्धानमा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । घर परिवार तथा आत्मीय मित्रसँगको सम्बन्ध सुदृड भएर जाने हुनाले नयाँ योजना बनाएर लागू गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साहजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाज सेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दूरीको यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा अवरोधको सामना गर्नुपर्ने हुनसक्छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा):

व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेस्टुराँमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । आत्मीय मित्र तथा साथीभाइहरूको सहयोगले सकारात्मक कामहरू गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा पतिपत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्य आम्दानी गर्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो):
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन सम्पत्ति जोड्न सकिनेछ । विलाशी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):
अरूको काममा समय बित्ने तथा अरूको काम गर्न खोज्दा आफ्नो काम थाँती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दूरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ भने विदेशी संस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेको छ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):
सरकारी तथा पैत्रिक धन सम्पत्ति हातलागी हुने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुनेहुनाले अरूभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरू लाभ हुने योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते):
मानसम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्बन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरू लाग्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । तर पनि अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दूरीको यात्राको तय हुनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु):
आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि दिन उत्तम रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे):
बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने सेयर बजारमा लगानी गर्न सके मनग्गे लाभ लिन सकिनेछ । प्रेममा देखिएको तिक्तता मेटिनेछ भने दिदी बहिनीको सहयोगमा नयाँ कामको थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय दिनसक्दा सबै साथीहरू भन्दा तपाईं नै अग्र स्थानमा आउनु हुनेछ । आर्थिक अभावको सामना गर्नुपरे पनि बोली बिक्ने हुँदा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी):
मायाप्रेममा अविश्वास बढ्नेछ भने पतिपत्नीबीच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हँुदा एक्लो पनको महसुस हुनेछ । पहिलेका सम्झौता भङ्ग हुनेछ भने साझेदारबीच भनाभन हुने योग रहेको छ । पढाइ लेखाइमा अल्छी गर्नाले नतिजा भनेजस्तो आउनेछैन । विलाशी सामान प्राप्तिको योग भए पनि तपाईं आफ्नै कारणले टरेर जानेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा):
पढाइ लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने पतिपत्नीसँग मनमुटाव बढ्न सक्छ । आस्वासन दिनेहरूले फसाउन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरू सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुन सक्छ, ध्यान दिनुहोला । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा नआउने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुनु होला ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):
अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।

थप जानकारी