राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

राप्रपाद्वारा वृत्तचित्र फिल्मकर्मी लव प्याकुरेल सम्मानित

मङ्गलवार, २७ फागुन २०७६ १९:२३

काठमाडौं । नेपाली वृत्तचित्र क्षेत्रका नाम चलेका शीर्ष मेकर तथा सम्पादक लव प्याकुरेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले एक समरोहविच सम्मान प्रदान गरेको छ । मंगलवार सम्पन्न राप्रपाको क्रेन्द्रीय कार्यसमितिको विशेष बैठकमा राप्रपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले प्याकुरेललाई सम्मान प्रदान गर्नुभएको छ ।

प्याकुरेललाई विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली वृत्तचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा सम्मानित गरिएको हो । राप्रपाको चुनाव प्रचारप्रसार सामाग्री उत्पादनमा सम्पादक तथा अवधारणा निर्माणको रुपमा महत्त्वपूर्ण कार्य गरेकोले सम्मान प्रदान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । सम्मान पत्रलाई अध्यक्ष थापाले उपस्थित केन्द्रीय कार्यसमिति समक्ष वाचन गरेर सुनाउनु भएको थियोे ।

राप्रपा र राप्रपा (संयुक्त) विच बुधवार औपचारिक घोषणा हुने कार्यक्रम छ । गत शनिवार राप्रपा अध्यक्ष कमल थापा, राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले पार्टी एकिकरणका लागि सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

राप्रपा संयुक्तसँगको एकताअघि बसेको अन्तिम बैठकमा राप्रपाले प्याकुरेललाई सम्मानित गरेको हो । प्याकुरेल नेपाली वृत्तचित्र क्षेत्रका सफल र शीर्ष व्यक्तित्व हुन् ।

थप जानकारी