राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

भारतमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु

शनिवार, १ चैत्र २०७६ १९:५५

काठमाडौं, चैत्त १ गते । भारतमा कोरानो भाइरसको सङ्क्रमले थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतको कर्नाटका राज्यमा यसअघि अर्का एक जनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । नयाँ दिल्लीमा अरु छ जना कोरोना भाइरस सङ्क्रमित रहेको पुष्टि भएको छ ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको जनाइएको छ ।

पहिलो मृत्यु हुने व्यक्ति पनि महिला नै रहेको र ७६ वर्षीया रहेको अधिकारीले बताएका छन् । ती व्यक्ति साउदी अरबको भ्रमण गरेर आएकी पाइएको छ ।

दुई जनाको मृत्यु हुँदासम्म भाइरसमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।

थप जानकारी