राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

झापामा कोरोनाको उच्च सतर्कता, कचनकवल सीमामा आवतजावत बन्द

आइतवार, ९ चैत्र २०७६ १९:२०

झापा । झापाको कचनकवल गाउँपालिकाले कोरोना संक्रमणको रोकथाम गर्न भारतसँगको सबै सिमा नाकाहरूमा आवतजावत बन्द गरेको छ ।

कोरोना संक्रमणको रोकथाम गर्न उच्च सतर्कता अपनाउदै दैनिक हाट बजारहरु बन्द, अत्यावश्यक बस्तुका पसलहरु बाहेक सबै पसलहरू बन्द, माछा मासु बेच विखन बन्द लगायतका कार्यहरु कचनकवल गाउँपालिकाले गरेको छ ।

कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमले शंकास्पद बिरामीहरूका सम्पर्कमा रहेका मानिसहरूका लागि पथरीया मा.विमा क्वारेन्टाईनको समेत व्यवस्था गरेको बताएका छन् ।

साथै हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले पनि उच्च सतर्कता अपनाउदै हाट बजारहरु बन्द गर्ने, चेकजाँच गर्ने, शंकास्पद बिरामीहरूका उपचारको व्यवस्था लगायतको तयारी रहेको बताएका छन् ।

दुवै गा.पाका अध्यक्षले आफुहरु जनस्वास्थ्यमा गम्भीर रहेको बताउदै सावधानी अपनाउन जनसमुदायलाई आग्रह समेत गरेका छन् ।

थप जानकारी