राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

फ्रान्सबाट फर्किएका नेपालीमा कोरोना संक्रमण

सोमवार, १० चैत्र २०७६ १३:४०

काठमाडौ, चैत्र १० गते । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको छ ।

फ्रान्सबाट फर्किएका नेपालीमा कोरोनाको पोजेटिभ देखिएको मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । उहाँहरुको उपचार भैरहेको मन्त्री ढकालले जानकारी दिनुभयो । यसरी संक्रमित हुने व्यक्ति १९ बर्षको रहेको र उनी फ्रान्समा अध्ययनरत विद्यार्थि हुन् । उनी फ्रान्सबाट आएपछि आफैं क्वारेन्टाइनमा बसेकी थिइन्, उनको रिपोर्ट हिजो प्रयोगशालाले पोजेटिभ देखाएपछि अस्पताल भर्ना भएकी थिइन् । उनिसँग सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टाइनमा रखिएको छ ।

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन भएको थियो । मन्त्री ढकालले सरकारले अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न गरेको आग्रहलाई पालना गर्न अनुरोध गर्नु्भयो ।

कोरोना कसलाई लागेको हो उहाँको नाम सार्वजनिक गरिएको छैन । उहाँसँग राखिएको व्यक्तिलाई क्वारेनटाइनमा राखिएको पत्रकार सम्मेलन मन्त्री ढकालले जानकारी दिनुभयो । उहाँको परिक्षणपछि आइतबार गरिएको रिर्पोटमा पोजेटिभ देखिएको हो ।

थप जानकारी