राष्ट्र हितमा समर्पित
सोमवार, जेठ १२, २०७७

नेपालमा तेस्रो कोरोनाभाइरस संक्रमित फेला

बुधवार, १२ चैत्र २०७६ १२:५८

काठमाडौं । नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोनभाइरसको संक्रमण देखिएको थियो । चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थप जानकारी