राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

कास्की प्रहरीद्वारा कोरोना संक्रमणबाट बचाउन सडकपेटीमा बसेका बृद्धबृद्धाको उद्दार

बुधवार, १२ चैत्र २०७६ १८:४७

कास्की । जिल्ला प्रहरी कास्कीले सडकपेटीमा रहेका बृद्धबृद्धाहरुको उद्दार गरेको छ ।

देश नै लक डाउन रहेको अवस्थामा कास्की जिल्लामा सडकपेटीमा नै बस्ने-सुत्ने अवस्थामा भेटिएको आएका ५८ देखी ६५ बर्षका ५ जना बृद्धबृद्धाहरुको जिल्ला प्रहरी कार्यालय कास्कीले उद्दार गरेको हो ।

चिनको हुवान प्रान्तमा पहिलो पटक देखा परेको कोरना भाईरस (COVID-19) हाल बिश्वको १५० भन्दा बढी राष्ट्रमा देखापरी महामारीको रुपमा फैलिइरहेको कारण राज्यले नै बिपतको रुपमा लिई यसबाट बच्न तथा बचाउन सर्वसाधारणहरुलाई भेला जम्मा नभई घरमा नै बसेर सावधानी अपनाउन अनुरोध गर्दै देश नै लक डाउन गर्ने सम्मको नीति अबलम्वन गरी रहेको अबस्थामा केही घरवार बिहीन बेवारिसे बृद्धबृद्धाहरु कास्की जिल्ला अन्तरगतका बिभिन्न स्थानमा मागी खादै सडकपेटीमा नै बस्ने सुत्ने अवस्थामा भेटिएकोले उद्दार कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार के.सीले बताए ।

राम्रो खानपान र उचित सरसफाईको अभावमा कमजोर स्वास्थ अवस्थाका त्यस्ता बृद्धबृद्धाहरु कोरना भाइरस तथा कुनैपनि रोगको सिकार हुनसक्ने र त्यसबाट अन्य ब्यक्तिहरु पनि संक्रमित हुनसक्ने भएकोले सडकपेटी मै दिनरात गुजारी मागेर आफ्नो जीवन चलाउदै आएकाहरुलाई सडकपेटीबाट उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाईएको प्रवक्ता के.सीले बताएका छन् ।

लकडाउनमा सबै नागरिक घरभित्र बस्नुपर्ने हुन्छ तर यिन बृद्धबृद्धाहरु घर नै भएको कारण सडकमा बस्न बाध्य थिए ।

थप जानकारी