राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

व्यवसायी भरत मल्लद्वारा चैत महिनाको घरको भाडा नलिने घोषणा

बुधवार, २६ चैत्र २०७६ १६:४३

काठमाडौं । सौर्य उर्जा उत्पादक संघका महासचिव तथा सोलार होम्स प्रालिका प्रबन्ध निर्देशक भरत मल्लले चैत महिनामा आफ्नो घरको भाडा नलिने घोषण गरेका छन् ।

व्यवसायी मल्लले कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीलाई नेपालमा नियन्त्रण र रोकथाम गर्न नेपाल सरकारको प्रयासलाई स्वागत र सकारात्मक रुपमा लिदै सरकारको आव्हान बमोजिम भाडामा बस्नेलाई चैत महिनाको आफ्नो घरको भाडा नलिने घोषणा गरेका हुन ।

विद्यमान प्रतिकुलता अर्को महिना पनि लम्बिए अर्को महिनाको भाडा छुट गर्न आफू तयार रहेको बताउँदै घरभाडामा दिनेहरुले देशको अवस्था अनुरुप विपदको यो अवस्थामा देश र नागरिकलाई आफ्नो तर्फबाट कुनै न कुनै योगदान दिन पनि सम्पूर्ण घरधनीलाइ अपिल गरेका छन् ।

थप जानकारी