राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

कोरोनाले मुुलुकको अर्थतन्त्र ढल्न दिनुहुन्न : राप्रपा अध्यक्ष डा. लोहनी

सोमवार, १ बैशाख २०७७ १५:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का
अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोनाभाइरस (कोभिड १९)का कारण मुलुकको अर्थतन्त्र ढल्न दिन नहुने बताएका छन् ।

नयाँ वर्ष २०७७को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोनाले मुलुकको अर्थतन्त्रलाई नकारात्मक असर गरेको भए पनि बिग्रन दिन हुने बताएका छन् ।

यस परिस्थितिमा मुलुकको अर्थतन्त्र जोगाउन र कोरोनाबाट पीडित भएका जनताका लक्षित राहत कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘यो परिस्थिति मा देशको अर्थतन्त्रलाई बचाउन र बढ्दो गरिबीको मारबाट जनतालाई बचाउन आवश्यक राहत कार्यक्रम सरकारले अविलम्ब पेस गरोस् भन्ने कामना गर्दछु।’

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले महामारीका बेलामा सरकारको उच्च तहमा बस्नेहरुमा देखिएको भ्रष्ट प्रवृत्तिमाथि समयमै नियन्त्रण गरिने विश्वास लिएको बताएका छन् ।

उनले जारी गरेको ६ बुँदे शुभकामना सन्देशको पूर्णपाठ:

१)नव वर्ष २०७७मा अब हामी प्रवेश गर्दै छौँ । यो शुभ अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको र मेरो तर्फवाट पनि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालिहरुमा शान्ति, एकता र सुस्वास्थ्य को मंगलमय कामना गर्दछु।

२)विश्वमा मानव मात्र को दुष्मनको रुपमा फैलियको कोरोना भाइरसको विरुद्ध विजय हासिल गरि सवै नेपाली मात्र को हक, हित र स्वाभिमान संरक्षण गर्न सफलता मिल्नेछ भन्ने कामना गर्दछु। कोरोना भाइरसको संक्रमण वाट अस्वस्थ भइ स्वास्थ लाभ गरिरहेका सबैको शीघ्र स्वास्थ लाभको कामना गर्दछु। साथै यो संकटको समयमा आफ्नो जीवनको समेत परवाह नगरि काममा खटिनु भएका स्वास्थकर्मीहरु, सुरक्षाकर्मीहरु तथा पत्रकार मित्रहरु प्रति आभार व्यक्त गर्दै माहामारीका कारण दिवंगत हुनुभएका प्रति समवेदना व्यक्त गर्दछु।

३)कोरोना उपचारको क्रममा सरकारवाट देखिनु पर्ने गम्भिरता र सक्रियतामा कमि कमजोरि हुन भएन। विषेशत यो संघर्षमा सरकारको उच्च तहमा बस्नेहरुमा देखिएको भ्रष्ट प्रवृत्ति माथि समयमै नियन्त्रण गरिनेछ भन्ने कामना गर्दछु।

४)कोरोना भाइरसले देशको अर्थ व्यवस्थामा ठुलो नकारात्मक धक्का पुराएको छ । साना र सिमान्त किसान, कृषि मजदुर, सहरी क्षेत्रका मजदुर, साना व्यवसायीहरु, पर्यटन व्यवसायी तथा साना उद्योगहरुलाई ठूलो मार परेको छ । बेरोजगार तिव्र गतिमा बढेको छ। यो परिस्थिति मा देशको अर्थतन्त्रलाई बचाउन र बढ्दो गरिबीको मारबाट जनतालाई बचाउन आवश्यक राहत कार्यक्रम सरकारले अविलम्ब पेस गरोस् भन्ने कामना गर्दछु।

५)विकास र सुशानको धेरै नारा दिए पनि विगतको वर्षमा देखियको सरकारी क्रियाकलापले जनतामा आशा जगाउन सकेको छैन । यो यथार्थलाई सरकारले मनन गरी जनताको विश्वास जित्ने काम गरोस् भन्ने कामना गर्दछु।

६)अन्तमा विगतको एक वर्षमा राप्रपा एक भएको छ। अब हामीले एक भएर देश र जनताको पक्षमा समर्पित हुँदै सशक्त राजनैतिक शक्तिको रुपमा प्रेरणादायी भूमिका खेल्नु पर्दछ भनि कामना र शुभेक्षा व्यक्त गर्दछु।

डा.प्रकाशचन्द्र लोहनी
अध्यक्ष
राप्रपा

थप जानकारी