राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

अमेरिकामा कोरोनाका कारण चर्चका पास्टरको मृत्यु

मङ्गलवार, २ बैशाख २०७७ १८:३९

एजेन्सी । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको कोरोना भाइरसका कारण आइतबार निधन भएको छ ।

ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् ।

यसअघि २२ मार्चमा भजिर्नियाका गर्भनर राल्फ नर्थामले १० जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गर्नुअघि उनले चर्चमा आफ्ना भक्तजनलाई प्रवचन दिएका थिए । ‘यो डरलाग्दो भाइरसभन्दा भगवान् (यशु) ठुला छन् भन्ने  मेरो गहिरो विश्वास छ,’ उनले भनेका थिए । उनले आफुलाई मर्ने डर नभएको पनि बताएका थिए ।

४ अप्रिलमा ग्लेनकी छोरीले भिडियो पोस्ट गर्दै आफ्ना बाबु र आमा मार्सिया ग्लेन दुबैमा कोरोना संक्रमण देखिएको बताएकी थिइन् ।  चर्चले उनको निधनमा गहिरो शोक प्रकट गरेको छ ।

शोकाकूल परिवारमा कोरोना संक्रमणबाट बच्नुपर्ने चुनौती समेत रहेकाले उनीहरुलाई आफ्नै ढंगले शोक मनाउन दिइने चर्चको विज्ञप्तीमा उल्लेख छ । चर्चले संक्रमितहरुको छिटो शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

थप जानकारी