राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

कमल थापाको प्रश्न, सयौं कि.मि. हिडेर घर फर्किरहेकाप्रति सरकारको जिम्मेवारी छैन?

बुधवार, ३ बैशाख २०७७ ९:४९

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले काम नपाएर, खाने बस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किलो मिटर हिंडेर घर फर्किरहेकाहरुप्रति सरकारको कुनै जिम्मेवारी छैन? भनि प्रश्न गरेका छन् ।

सामाजिक संजालमा अध्यक्ष थापाले घर फर्किरहेकाहरुलाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्नोस वा घरपुग्न सहयोग गर्नोस भनि सुझाव समेत व्यक्त गरेका छन् ।

थापाले नेपाल सरकारलाई भावनारहित नहुन समेत बताएका छन् ।

राप्रपा अध्यक्ष कमल थापा भनाइ जस्ताको त्यस्तै:

“सरकारको नेतृत्वमा रहेकाहरु भावनामा बगेर निर्णय हुंदैन भन्नु हुन्छ । तर,काम नपाएर, खानेबस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमि हिंडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन? उनीहरुलाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्नोस वा घरपुग्न सहयोग गर्नोस । यति भावनारहित पनि हुनुभएन”

थप जानकारी