राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

बिहिवार, ४ बैशाख २०७७ १२:५३

नेपालगञ्ज, वैशाख ४ गते ।  कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ ।

एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर बिक्रीवितरण गरेको पाइएपछि प्रहरीले उक्त पसलमा बुधबार छापा मारेर बन्द गरेको हो ।

कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको भन्ने वाक्यांश छोपेर प्रतिबोतल रु ६०० का दरले बिक्री वितरण गरिररहेको पाइएपछि प्रहरीले उक्त फर्म बन्द गरेको जनाइएको छ ।

कमला मेडिसिनका सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीको मिलेमतोमा स्यानिटाइजर बिक्री भएको सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानपछि औषधि पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । (रासस)

थप जानकारी