राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

अमेरिकी तेलको मूल्य पहिलोपटक ऋणात्मक

मङ्गलवार, ९ बैशाख २०७७ ११:४०

काठमाडौं, वैशाख ९ गते । अमेरिकी तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ । बीबीसीका अनुसार मई महिनामा भण्डारण क्षमता नै नरहने त्रासका बीच तेल उत्पादकले खरिदकत्र्तालाई पैसा तिरेको छ ।

लकडाउनले विश्व समुदाय घरभित्र हुँदा तेलको माग घटेको छ । परिणामस्वरुप तेल खरिदकत्र्ताले बढी उत्पादन भएको तेल भण्डारण गर्न टयाङ्कर भाडामा लगाएको छ । जसले गर्दा भण्डारण अभावमा तेलको मूल्य ऋणात्मक हुन पुगेको हो । भण्डारणकत्र्ताले भण्डारण वापत अतिरिक्त मूल्य लिन थालेका छन् ।

अमेरिकी तेलको बेञ्चमार्क वेष्ट टेक्सास इन्डरमीडिएटको तेल मूल्य प्रतिब्यारेल ३७.६३ डलर ऋणात्मक भएको छ । मागको स्तब्धता यति भयावह छ की मानिसले अपेक्षा नै नगरेको अवस्थामा मूल्य पुगेको ऊर्जा विश्लेषक स्टिवार्ट ग्लिकमनले बताउनुभयो ।

बीबीसीका अनुसार समुद्र र जमीन दुबैमा भण्डार क्षमता छिट्टै भरिदैछ । यस्तो अवस्थामा तेलको मूल्य अझै घट्ने अनुमान गरिएको छ । स्वास्थ्य संकटको अवधिको आधारमा तेलको अन्तर्राष्ट्रिय मूल्य घटबढ हुनेछ ।

थप जानकारी