राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

सरकारले ल्याएको अध्यादेशहरु संविधानको भावना विपरित: राप्रपा

मङ्गलवार, ९ बैशाख २०७७ १३:०६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोभिड–१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको ’राजनीतिक दल सम्बन्धी’ र ’संवैधानिक परिषद सम्बन्धि’ दुई अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरित भएको बताएको छ ।

राजनीतिक दल सन्बन्धि अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो संभावना देखिने राप्रपाको ठहर छ ।

राप्रपाले कोरोना भाईरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न समेत सरकार र नेकपालाई आग्रह समेत गरेको छ ।

प्रेस विज्ञप्ति 

थप जानकारी