राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

संकटको बेलामा नेकपा आन्तरिक सत्ता र शक्ति संघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण:राप्रपा

आइतवार, १४ बैशाख २०७७ १९:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देश कोभिड-१९ संक्रमण बिरुद्ध एकढिक्का भएर लाग्नु पर्ने घडिमा सत्तारुढ दल नेकपा आन्तरिक सत्ता र शक्ति संघर्षमा अलमलिन पुग्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।

राप्रपाका त्रय अध्यक्षहरुको उपस्थितिमा मिति बैशाख १४ गते बसेको परामर्श बैठकले संबिधानको भावना विपरित सरकारले हालै जारी गरेको राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धि अध्यादेश त्यही विकृतिको पछिल्लो उदाहरण भएको ठहर गरेको छ ।

साथै राप्रपाले कोरोना भाईरसको महामारी नियन्त्रण गर्न सरकारले चालेका कदमहरु उपयुक्त भएपनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेको छ। लकडाउन लम्ब्याउने बाहेक अन्य विषयमा सरकारको उपस्थिति, प्रयास र प्रभावकारीताको अनुभूति हुन नसकेको बताएको छ ।

विज्ञप्ति

थप जानकारी