राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

नेपाल सनातन धर्म संस्कृति संगठनले विश्व शान्तिको कामना सहित दिप प्रज्वलन गर्ने

सोमवार, १५ बैशाख २०७७ २०:३६

काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनले संतसमाजको आह्वानमा भोलि वैशाख १६ गते विश्व शान्तिको कामना सहित हुने दिप प्रज्वलन कार्यक्रममा ऐकवद्धता जनाउने भएको छ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस को प्रकोपलाई निवारण गर्नका साथै विश्वको सबै मानवको आत्मशक्ति प्रवल बनाउनको लागि दिप प्रज्वलन गर्न लागिएको हो ।

सन्तसमाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती जी महाराजले गर्नु भएको उक्त आह्वानलाई नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरूषले स्वागत गर्दै संगठनको तर्फ बाट सबैलाई उक्त कार्य गर्न गराउन हार्दिक अपिल गर्नु भएको छ ।

वैशाख १६ गते आध्य जगतगुरु शङ्कराचार्य एवं रामानुजाचार्यको जन्म जयन्तिको पावन अवसरमा प्रत्येक मठ, मन्दिर एवं आ-आफ्ना घर-घरमा साँझ ६:३० बजे एउटै समयमा दिप प्रज्वलन सहित शङख घन्ट बजाउन आह्वान गरिएको छ। उक्त दिन सकेसम्म गाईको घ्यूमा नभए तेलको बत्ती बाली महामारिको प्रकोपको निराकरणको कामना गर्दै यस पबित्र र महान कार्यमा एक्यवद्धता जनाउदै सोहि अनुसार सम्पुर्ण ओमकार परिवार एवं अन्य सबै धर्मावलम्बि मानव समाजलाई नेपाल सनातन धर्म संस्कृति संगठनले हार्दिक अपिल गरेको छ।

उक्त संगठनले कोरोनाको प्रकोप बाट मानव समाजलाई अतुलनिय क्षती भएको अवस्थामा प्रकृतिको संरक्षण तथा आफ्नो आत्मशक्ति प्रवल बनाउन र कोरोनाको माहामारी बाट विश्वका मानव समाजको मुक्तिको कामना सहित संगतआश्रम, लामाटारमा नित्य हवन तथा पुजा-पाठ निरन्तर भैरहेको जानकारी समेत गराएको छ।

उक्त संगठनले लकडाउनको आचारसंहिता उल्लङ्घन नहुने गरी विहान वेलुका आ-आफ्नो घरमा वा पायक पर्ने स्थानमा नित्य योग, साधना, पुजा-पाठ, भजन-किर्तन र हवन गरेर आ-आफ्नो संस्कार अनुसार साधना निरन्तर गर्नु गराउनु हुन अनुरोध गरेको छ ।

थप जानकारी