राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

अभिनेता ऋषि कपुरको निधन

बिहिवार, १८ बैशाख २०७७ १०:५९

काठमाडौँ । बलिवुड अभिनेता ऋषि कपुरको निधन भएको छ ।

बलिवुडका महानायक अमिताभ बच्चनले ट्वीट गर्दै ऋषि कपुरको निधन भएको जानकारी दिएका छन् । अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ६७ बर्षिय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका थिए ।

२०१८ मा कपूरलाई क्यान्सर भएको पत्ता लाग्यो, जस पछि अभिनेता कपूर न्यू योर्कमा उपचार गर्नको लागि लामाे समय बसेका थिए। ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए । उनी गत फेब्रुअरीमा समेत स्वास्थ्यमा समस्या हुदा अस्पताल भर्ना भएका थिए ।

कपुरले अमर अकबर एन्थोनी, लैला मजनु, रफु चक्कर, सरगम, कर्ज, बोल राधा बोल आदि जस्ता हिट फिल्महरूको खेलेका थिए। आफ्नो क्यारियरको पछिल्लो चरणमा उनी कपूर र संस, डी-डे, मुल्क र १०२ नट आउट जस्ता फिल्महरूमा देखिएका थिए। (एजेन्सी)

थप जानकारी