राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजसंस्था र स्थानीय स्वायतत्ताबारे बहस गरौं: थापा

बिहिवार, १८ बैशाख २०७७ १३:१४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीवारे बहस गर्नुपर्ने बेला आएको बताएका छन् ।

१४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीवारे थापाले बहसका लागि आग्रह गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा अध्यक्ष थापाले १४ बर्षको अभ्यासबाट पाठ सिकेर यस्तो शासन प्रणालीबारे बहस गर्न आग्रह गरेका हुन् ।

थापाले लेखेका छन्, ‘तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिताबिहीन, अविभावकबिहीन र धरातलीय यथार्थ विपरितको व्यवस्था र प्रणाली हो । पहिलेको व्यवस्था ठीक थियो भन्ने होइन, तर त्यसमा क्रमिक सुधार गर्दै जानु उपयुक्त हुने थियो ।’ अब जे हुने भैसक्यो । पुरानो व्यवस्थामा फर्कने होईन, सम्भव पनि छैन । १४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीवारे बहस गरौं । राष्ट्रिय सहमति कायम गरि अघि बढौं ।

थप जानकारी