राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

मजदुरवर्गका लागि गाउँस्तरमै रोजगारीको व्यवस्था गरियोस् : टुकोन

शुक्रवार, १९ बैशाख २०७७ १२:३९

काठमाडौं – कोरोना भाईरस (काेभिड -१९ )का कारण मानविय संकट निम्तिएको भन्दै राप्रपा निकट मजदुर संगठन टुकोनले मजदुरवर्गका लागि गाउँ स्तरमै रोजगारीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

काेभिड -१९ का कारण मानविय संकट निम्तिएको र लाखौँ मानिसले ज्यान गुमाईरहेको अवस्थामा नेपाल समेत यो महामारीबाट अछुतो नरहेकेको भन्दै राप्रपा निकट मजदुर संगठन टुकोनले मजदुरवर्गका लागि गाउँ स्तरमै रोजगारीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हाे ।

विश्व मजदुर दिवसको अवसरमा प्रेस विज्ञप्ती निकालेर टुकोनले लाखौं श्रमिकहरू विचल्लीमा रहेको भारतीय सिमामा लाखौँ नेपाली श्रमिक अलपत्र परेको अवस्थामा सरकारको ध्यान त्यतातर्फ केन्द्रित गर्न श्रमिकलाई राहात उपलब्ध गराउन आग्रह गरेको छ । साथै कोरोनाका कारण लाखौ रोजगारीहरु कटौती हुन सक्ने संयूक्त राष्ट्रसंघ अन्तर्गतका निकायहरुले बताइरहँदा नेपाली श्रमीकका लागि थप कष्टकर र चुनौती थपिने अवस्था रहेको प्रति टुकोनले चिन्ता व्यक्त गरेको छ ।

जारी लकडाउनका कारण अन्य वर्षहरुमा जस्तो गरि कार्यक्रम गर्न नसिकिने भन्दै १३१औं श्रमिक दिवसको शुभकामना टुकोनले प्रेस विज्ञप्ति निकालेर दिएको हो । प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष हिक्मत जंग भण्डारीले सरकार र सम्बन्धित रोजगारदाता तथा सरोकारवाला निकायले श्रमिकको हक हितका लागि यो अवस्थामा सोचेअनुरुपको कदम चाल्न नसक्दा उनिहरुको अवस्था थप जटिल बन्दै गएको बताए । साथै उनले भने यसका लागि सरकारले आवस्थक कदम चाल्न र उनिहरुको जीविकोपार्जन सहज बनाउन आग्रह गरे ।

उनले थपे श्रमिकबर्गको हक र अधिकार सुनिश्चितताका हरेक सवालहरूमा महासंघ सदा कठिबद्ध रहने प्रतिबद्धता प्रकट गर्दछ । यसै परिप्रेक्षमा नेपालभित्रका तमाम श्रमिकबर्गहरू एवं रोजगारी कटौती भएर विदेशबाट फर्किएका एवं फर्कने क्रममा रहेका सम्पूर्ण नेपाली मजदुरवर्गको रोजगारी सुनिस्चित गरी जीवन रक्षा गर्नकोलाई नेपाल सरकार, रोजगारदाताहरू सहित सरोकारवालाहरुलाई टुकोनले ८ बुँदे गंभिर ध्यानाकर्षण गराएको छ ।

विज्ञप्ति

थप जानकारी