राष्ट्र हितमा समर्पित
बिहिवार, साउन २९, २०७७

राष्ट्रियताको कुरा गर्न सजिलो हुन्छ, राष्ट्रवादी भएर बाच्न गाह्रो हुन्छ: कमल थापा

शनिवार, २० बैशाख २०७७ ११:१३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल जस्तो भुराजनीतिक अवस्था भएको मुलुकमा राष्ट्रियताको कुरा गर्न सजिलो हुन्छ, राष्ट्रवादी भएर बाच्न गाह्रो हुने बताएका छन् ।

अध्यक्ष थापाले भारतमा भएको १२ बुँदे सहमति र २०६२/६३ को आन्दोलनको त्रुटीपूर्ण मार्गचित्रका कारण नेपाल नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरावारे राप्रपाले १४ बर्षदेखि निरन्तर आवाज उठाउदै आएको बताउदै दक्षिण,उत्तर र पश्चिम जँहाबाट भएपनि आन्तरिक मामिलामा हस्तक्षेप स्विकार्य नहुने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै अध्यक्ष थापाले यसो भनेका छन् –

नेपाल जस्तो भुराजनीतिक अवस्था भएको मुलुकमा राष्ट्रियताको कुरा गर्न सजिलो हुन्छ, राष्ट्रवादी भएर बाच्न गाह्रो हुन्छ । १२ बुंदे र ६२/६३ को त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरावारे राप्रपाले १४ बर्षदेखि निरन्तर आवाज उठाउंदै आएको छ।दक्षिण,उत्तर र पश्चिम जहाॅबाट भएपनि आन्तरिक मामिलामा हस्तक्षेप स्विकार्य हुंदैन।

थप जानकारी