राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

बाबुरामलाई लिङदेनको जवाफ, जातको कुरा नगर  

शनिवार, २० बैशाख २०७७ २०:२५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्रै लोकप्रिय नेता राजेन्द्र लिङदेनले कुनै समुदायमा एउटाले गल्ती गर्दा पूरै समुदायलाई आलोचना गर्ने प्रवृत्तिको कडा आलोचना गरेका छन् ।

विशेषगरी जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले टपरे बाहुन गर्दै जाती विशेषमाथि कटु आलोचना गरेको सन्दर्भमा लिङदेनले सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘एउटा मारवाडीले गल्ति गर्दा सबै मारवाडीलाई गाली, केही मुसलमानले गल्ती गर्दा पूरै मुस्लिम समुदायलाई प्रताडना र केही पुरेतले गल्ती गर्दा सिंगो जातलाई लाञ्छना ! किन हामी यति धेरै जातमुखी भयौं ? के हामीले बिर्सियौं ‘वसुधैव कुटुम्बकम’को सनातन परम्परा यही पावनभूमिबाट प्रारम्भ भएको ?’ जातीय राजनीतिको चर्को आलोचना गर्दै आएका लिङदेन प्रतिनिधिसभामा राप्रपाबाट निर्वाचित हुने एक मात्रै प्रतिनिधि हुन् ।

जातीय वैमनस्यता सिर्जना गर्ने, राष्ट्रिय एकतामा खलल पुर्याउन, नेपालको परम्परागत संस्कृतिको आलोचना गर्ने जस्ता क्रियाकलापका कारण आलोचित बन्दै आएका बाबुरामलाई उनले सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन् ।

थप जानकारी