राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेसले कम्युनिष्ट प्रभाव र लुटतन्त्र पराजित गर्न नसक्ने

मङ्गलवार, २३ बैशाख २०७७ १८:२३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कम्युनिष्टको एजेण्डा बोक्ने प्रमुख प्रतिपक्षले बढदो कम्युनिष्ट प्रभाव र लुटतन्त्र पराजित गर्न नसक्ने दाबि गरेका छन् ।

सामाजिक संजालमा भन्दा कंग्रेसको फरक एजेण्डा के छ ?’ भनी प्रश्न गर्दै थापाले कम्युनिष्टको एजेण्डा बोक्ने प्रमुख प्रतिपक्षले बढदो कम्युनिष्ट प्रभाव र लुटतन्त्र पराजित गर्न नसक्ने दाबि गरेका छन्

उनले यसका लागि बलियो प्रजातान्त्रिक शक्ति जो राष्ट्रवादी होस्, जसमा सुशासन र आर्थिक सम्बृद्धिको भिजन पनि हुनुपर्ने बताएका छन् । उनले कम्युनिष्टको एजेण्डा बोक्ने प्रमुख प्रतिपक्षले यो काम गर्न सक्दैन भन्दै कम्युनिष्टभन्दा कंग्रेसको फरक एजेण्डा के छ? भनेर प्रश्न गरेका छन् ।

थापा यसो भन्छन् – ‘बढदो कम्युनिष्ट प्रभाव र लुटतन्त्र पराजित गर्नसक्ने बलियो प्रजातान्त्रिक शक्ति देशमा अहिले  आवश्यक छ । जो राष्ट्रवादी होस् र जसमा सुशासन र आर्थिक सम्बृद्धिको भिजन पनि होस् । कम्युनिष्टको एजेण्डा बोक्ने प्रमुख प्रतिपक्षले यो काम गर्न सक्दैन । कम्युनिष्ट भन्दा कंग्रेसको फरक एजेण्डा के छ ?’

थप जानकारी