राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

बहुमत प्राप्त पार्टी आफैमा अस्थिरताको कारक: सांसद लिङ्देन

बुधवार, २४ बैशाख २०७७ २२:१३

झापा । राप्रपाका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले पटक पटक बस्ने गरेको नेकपाको बैठकमा कोरोना महामारी छलफलको विषय नबन्नु दुर्भाग्य भएको बताएका छन् ।

सांसद लिङ्देनले सामाजीक संजालमार्फत बहुमत प्राप्त पार्टीका नेताहरुको बैठक हरेक दिन वस्ने गरेको भएपनि त्यसमा भयावह महामरीको रुपमा फैलिएको कोरोको विषय एकपटक पनि नउठ्नु दुर्भाग्य भएको बताएका हुन् । उनले नेकपा बैठकले देश र जनताको चिन्ता भन्दा पनि आन्तरीक छलफलमै समय विताउने गरेको भन्दै कारोना रोकथाममा ध्यान नदिएर  बहुमत प्राप्त पार्टी आफै अस्थिरताको कारक बनेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘घरिघरिको सरकार परिवर्तनले आजित जनताबाट स्थिरताका लागि बलियो बहुमत प्राप्त पार्टीका नेताहरुको दर्जनौं भेटघाट र बैठकमा एकदिन र एकछिन पनि यत्रो महामारी छलफलको विषय बन्दैन र बहुमत प्राप्त पार्टी आफै अस्थिरताको कारक बन्छ भने नेपाली जनताका लागि यो भन्दा दूर्भाग्य अरू के हुनसक्छ ? दुनियाँमा यो भन्दा भद्दा मजाक अरू के हुनसक्छ ?’,

थप जानकारी