राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ

शनिवार, २७ बैशाख २०७७ १७:००

प्यूठान, वैशाख २७ गते । प्यूठान जिल्लामा दुई जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ ।

प्यूठान नगरपालिका–२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ, उहाँले भन्नुभयो, थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टि हुन्छ ।

उहाँका अनुसार पोजेटिभ देखिएका व्यक्ति दुवै जना पुरुष हुन् । उनीहरुको उमेर २० वर्षदेखी ४५ वर्षबीचको रहेको छ ।

क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएपछि पुनः क्वारेन्टाइनमै राखिएको छ ।

थप जानकारी