राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेपाल बारद्वारा राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न सरकारसित माग

शनिवार, २७ बैशाख २०७७ २०:२६

काठमाडौं । नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय सिमानामा भएको अतिक्रमणलाई तत्काल रोकी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न सरकारसित माग गरेको छ ।

शनिबार नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरि भारत सरकारले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा ३७२ वर्ग कि.मि. क्षेत्रफल जमिन अतिक्रमण गरि ७८ कि.मि बाटो बनाएकोमा राष्ट्रिय सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न माग गरेका हुन् ।

बारले भारतीय पक्षले नेपालको अन्तर्राष्ट्रिय सिमानामा अतिक्रमण गरी बाटो बनाएकोप्रति निन्दा र खेद समेत प्रकट गरेको छ । साथै नेपाल बार एसोसिएसनले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्न समेत भारत सरकारसित माग गरेको छ ।

त्यस्तै बारले समस्यालाई कुटनैतिक रूपमा समाधान गर्ने र सामरिक दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था गरि सिमानालाई व्यवस्थित गर्न समेत माग गरेको छ ।

विज्ञप्ति

थप जानकारी