काठमाडौं । राप्रपाका नेता तथा सांसद राजेन्द्र लिङ्देनले भारतले नेपालको जमिन अतिक्रमण गरी बाटो बनाएको सम्बन्ध ठोस कदम नचालिनु खेदजनक भएको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा भारतीय अतिक्रमण र मिचाहा प्रवृत्ति निन्दनीय भएको भन्दै राप्रपा नेता लिङ्देनले बर्षौदेखि नेपाली भूमिमा भारतबाट सडक निर्माण कार्य भईरहेको जानकारी पाएर पनि नेपाल सरकार तर्फबाट ठोस कदम नचालिनु खेदजनक भएको बताएका हुन् ।
नेता लिङ्देन भन्छन् , “संसदमा परराष्ट्रमन्त्रीको भनाईले नेपाली भूभागमा भारत पक्षबाट एकलौटी सडक निर्माण कार्य भईरहेको छ भन्ने जानकारी सरकारलाई रहेछ ।”
उनले अब ढिलो नगरी सरकारले सबै संयन्त्रहरू परिचालन गरेर थप निर्माण कार्य तत्काल रोकी नेपाली भूभागबाट भारतीय सेना फिर्ता गर्नु परयो, सरकारलाई साथ सबैको रहनेछ समेत भनेका छन् ।