राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

राप्रपा बुटवलद्वारा लिम्पियाधुरा-लिपुलेक अतिक्रमणको विरोधमा प्रदर्शन

मङ्गलवार, ३० बैशाख २०७७ १५:४४

काठमाण्डौ । राप्रपा बुटवलले भारतले नेपाली भूमि अनधिकृत कब्जा गरी लिपुलेकमा बाटो बनाएकोमा बिरोध प्रदर्शन गरेका छन् ।

अतिक्रमणको विरोधमा आज राप्रपा बुटवलले अस्पताल चोकमा कोण शन्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।

राप्रपा बुटवलको आयोजना र नगर अध्यक्ष निरज प्रताप खॉणको नेतृत्वमा बुटवलमा उक्त विरोध प्रदर्शन गरिएको थियो ।

भारतले नेपालको गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र अतिक्रमण गर्दै कैलाश मानसरोवर जाने बाटो खुलाएको पछि देशव्यापी विरोध भइरहेको छ ।

नेपालको लिपुलेकबाट बाटो खोल्ने सम्बन्धमा
चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

भारत उक्त क्षेत्रमा नेपालको लिपुलेक र लिम्पियाधुरा बीचका ३७२ वर्ग किलोमिटर नेपाली भूभागमाथि अतिक्रमण गरेको छ ।

थप जानकारी