राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

भारतीय सवारी चालक र सह–चालकलाई सीमामै परीक्षण गरौं: पूर्व स्वास्थ्य मन्त्री बोहरा

शुक्रवार, २ जेठ २०७७ १७:१३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्व मन्त्री दिपक बोहराले भारतीय मालवाहक सवारीसाधनका चालक र सह–चालकको स्वास्थ्य परीक्षण गरेर मात्र सवारीसाधन नेपाल भित्र्याउनुपर्ने बताएका छन् ।

उनले बिना कुनै स्वास्थ्य परीक्षण भारतीय मालबाहक बाहन नेपाल भित्रिनु खतरायुक्त विषय भएको पनि बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा नेता बोहराले लेखेका छन्, उद्योग सञ्चालन गर्ने नाममा नेपाल सरकारद्वारा जारी गरिएको यो कार्यलाई शिघ्र रोकी सीमामै कम्तीमा पनि आरडीटी परीक्षण गरी मात्र नेपाल भित्रिने व्यवस्था गरौं, सयमयमै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने भारतीय बाहनका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरिरहेको बेला पूर्व मन्त्री बोहराले सामाजिक सञ्जालमार्फत उक्त धारणा राखेका हुन् ।

भैरहवा भन्सार कार्यालयमा भित्रिने भारतीय कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित भएका छन् ।

थप जानकारी