राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

नीति तथा कार्यक्रमले आशा जगाउन सकेन,विगतको निरन्तरता भयो: नेता लिङ्देन

शुक्रवार, २ जेठ २०७७ २१:११

काठमाडौं । राप्रपाका नेता तथा मसांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आशा जगाउन नसकेको बताएका छन् ।

‘यो नीति तथा कार्यक्रमले आशा जगाउने काम गर्न सकेन । विगतका कामको निरन्तरता छ,’ उनले संसद भवन परिसरमा पत्रकारहरुसँग भने ।

देशले सामना गरेका समस्याहरुको समाधानका लागि ठोस नीतिको अभाव देखिएको, भ्रष्टाचार निर्मुल गर्ने प्रतिवद्धता अत्यन्तै कमजोर रहेको बताए ।

कोरोना भाइरसपछि नेपालमा विदेशबाट धेरै नेपाली फर्किने र बेरोजगारीको समस्या धेरै हुने उल्लेख गर्दै उनले बेरोजगारी समस्या समाधान गर्ने खालका कार्यक्रम आउन नसकेको बताए ।

थप जानकारी