राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ४, २०८१

अतिक्रमित भूमि फिर्ता गर्ने बारे व्यक्त प्रतिबद्धता स्वागत योग्य छ: अध्यक्ष कमल थापा

शुक्रवार, २ जेठ २०७७ २१:३६

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अतिक्रमित भूमि फिर्तागर्ने वारे व्यक्त प्रतिबद्धता स्वागतयोग्य भएको बताएका छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा सरकारमा अतिक्रमित भूमि फिर्ता गर्ने वारे व्यक्त प्रतिबद्धता स्वागत योग्य भएको बताएका हुन ।

सामाजिक सञ्जालबाट आफ्नो भनाइ राख्दै उनले भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्नेबारे गरिएको प्रतिवद्धताको भने प्रशंसा गरेका छन्। थापाले कोभिड-१९ का कारण आउने आर्थिक चुनौती सामना गर्न सक्ने नीतिको अभाव रहेको पनि उल्लेख गरेका छन्।

अतिक्रमित भूमि फिर्तागर्ने वारे व्यक्त प्रतिबद्धता स्वागत योग्य छ। कोभिड-१९को कारण आउने आर्थिक चुनौती सामनागर्न सशक्त नीतिको अभाव देखियो’, थापाले छोटो टिप्पणी गर्दै भनेका छन्, ‘नारा र आश्वासनले भरिएको अव्यवहारिक दस्तावेज हो यो। प्राथमिकता अलमलिएको,अनावश्यकरुपले लामो,जनतामा उत्साह जागृतगर्न नसक्ने  दस्तावेजका रुपमा आयो।’

थप जानकारी