राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

काठमाडौंको कपन बस्ने एक युवतीलाई पनि कोरोना संक्रमण भएको पुष्टि

आइतवार, ४ जेठ २०७७ १४:३४

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपन बस्ने एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

कपनको तेन्जिंग चोकमा एक फर्निचर उद्योगमा कार्यरत २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

फर्निचर उद्योगमा कार्यरत चारजना मजदुर लकडाउनकै बीच तराईबाट काठमाडौँ आएको सूचना प्राप्त भएपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।

त्यसमध्येकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित युवतीलाई अहिले पाटन अस्पताल भर्ना गरिएको छ ।

थप जानकारी