मधु ज्ञवाली
देशमा प्रयाप्त रोजगारी छैन बर्षभरि उब्जाएको उब्जनिले अधिकांसको मुस्किलले ६ महिना खान पनि पुग्दैन ।
टिभि, मोवाईल, ईन्टरनेट,छोरा,छोरीहरूको पढाइ, लेखाइ खर्च, परिवारका सदस्यहरू बिरामि पर्दा लाग्ने औषधि उपचार खर्च, लत्ता कपडा, चार्ड-पर्व खर्च, आफ्नो रिति रिवाज धर्म संस्कृति अनुसार गरिएका पुजा आजा, तिथि श्राद्ध, र बाकि ६ महिनाको अन्न पानी जुटाउदै भविष्यको लागि २ पैसो बचत गर्नको लागि मुग्लान छिरेका लाखौ नागरिक जसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा राज्यको खर्च समेत धानिरहेका छन् उनिहरूलाई नै अहिले वडा देखि केन्द्र सम्मका सरकारले छि छि दुर दुर गरिरहेका छन् यसो किन भैरहेको छ ? राज्य पुरै उनिहरूप्रति गैर जिम्मेवार रूपमा प्रस्तुत भैरहेको मात्र छैन उसले आफ्ना
नागरिकहरूलाई निर्मम दमन समेत गरिरहेको छ ।
भारतको सिमा नाकाहरूमा अत्यन्त कष्टकर दिनहरू बिताईरहेका हजारौं नागरिक बारे बेखबर रहने सरकारले सात समुद्रपारि छटपटाईरहेका नागरिकहरूको अावाज सुन्छ भन्नूत मुर्खता मात्र हुनेछ । तैपनि सरकारलाई खबरदारि गरिराख्नु हाम्रो कर्तव्य हो । अब प्रश्न अवस्य उठ्छ राज्य के का लागि ? कसका लागी ? जनप्रतिनिधि हरूको काम,कर्तब्य के हो?
राज्य त्यतिबेला मात्र अवस्यक पर्छ जतिवेला नागरिकलाई अप्ठ्यारो पर्दछ त्यहि अप्ठ्यारो अवस्थामा नागरिकले राज्यको उपस्थिति खोज्ने गर्दछ । राज्यको अभिभावकत्व खोजिरकेको नागरिकलाई अहिले राज्यले छि छि दुर दुर गरिरहेको छ निर्वाचित जनप्रतिनिधिहरू जो अलि हट्टाकट्टा, पाखुरा अलि ठुला भएका र राज्यको उपल्लो निकायमा पहुचँ राख्छन् उनिहरूनै छि छि दुर दुरमा परेका नागरिकहरूलाई दमन गर्नमा लागीरहेका छन ।
विश्व कोरोनाले अाक्रान्त छ विभिन्न देशहरूले अाफ्नो देशको अार्थिक अवस्था अनुसार आफ्ना नागरिकप्रति जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
के हाम्रो सरकार यसबाट बेखबर छ ? बेखबर पक्कै पनि छैन प्रधानमन्त्री आफै सामाजिक सञ्जाल दैनिक हेर्ने गर्छु भन्नू हुन्छ उनिहरूले सुनाएका पिणा त पक्कै देख्नु, सुन्नु भएकै होला आखिर के ले रोकिरहेको छ त
अप्ठ्यारोमा परेकाहरूलाई उद्धार गर्न, राज्यले आफ्ना नागरिकहरूलाई देश प्रवेशमा नै रोक लगाउछ भने सरकार किन चाहियो फगत राज्य संयन्त्र मात्र चलाउन त कार्मचारि,प्रहरी, शेना छदैछनि किन निर्वाचन गरिरहनु पर्यो सरकार किन बनाउनु पर्यो ? तसर्थ यदि नेपाल देशमा जनताको सरकार छ भने बिश्वभरि अलपत्र परेका अाफ्ना नागरिक हरूलाई यथासक्य छिटो देश प्रवेश खुल्ला गरेर आवश्यक चेक जाँच पश्चात् स्थानिय निकायको जिम्मा लगाउनु पर्दछ प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरि आवस्यकता र अवस्था अनुसार आफ्नै घरमा एक्लै बस्न चाहानेलाई घरमै र घरमा एक्लै बस्ने अवस्था नभएको अवस्थामा वडाले तोकेको ठाउमा एकान्तबास बसाल्ने ब्यवस्था हुनु पर्दछ । बिदेश बाट आएकै भरमा कसैमाथि विभेद गरिनु नागरिकमाथिको घोर अपमान र अन्याय हो ।
अपमान र अन्याय बढ्दै जादा बिद्रोह जन्मिन्छ त्यो बिद्रोह कस्तो हुन्छ त्यसले कसलाई फाल्छ भन्ने कुरा अहिले अाकलन गर्न सकिँदैन तसर्थ वडा देखि केन्द्र सम्मका सबै सरकारहरू आ-आफ्नो स्थानबाट अलपत्र नागरिकहरूलाई स-सम्मान आफ्नो स्थायी बासस्थान सम्म पुर्याउन लागि परून अन्यथा भोको पेट, नाङ्गो शरीर माथि भएको छि छि दुर दुर बाट जन्मिने बिद्रोह सरकारका लागि भारी पर्ने निश्चित छ ।