राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

झापाको कचनकवलमा संक्रमित देखिएपछि सांसद लिङ्देनको अपिल : “नआत्तिनुस्”

बुधवार, ७ जेठ २०७७ ८:३०

झापा । झापाको क्षेत्र नं ३ अन्तर्गत कचनकवलमा कोरोना संक्रमित भेटिएपछि त्यहाँका निर्वाचित सांसद राजेन्द्र लिङ्देनले मतदाता र सबैलाई नआत्तिन र सावधानी अपनाउन अपील गरेका छन् ।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित देखिने बित्तिकै आफ्नो निर्वाचन क्षेत्रमा खटिएका सांसद लिङ्देन प्रायः सबै टोलमा पुगेर अपनाउनु पर्ने सुरक्षा सम्बन्धमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, सुरक्षाकर्मी, स्थानीय संघ संस्था र आम मतदातासंग छलफल गरिरहेका थिए । तर सीमावर्ती गाउँ बाह्रदशीमामा भारतबाट आएका स्थानीयमा पहिलो संक्रमण देखिएपछि कचनकवलमा समेत उच्च सतर्कता अपनाइएको थियो ।

भारतबाट आएका स्थानीयमा संक्रमण भेटिएपछि उनले आम मतदातालाई नआत्तिन र सावधानी अपनाउन अपिल गरेका छन् । सामाजिक सञ्जालमा उनको अपिल जस्ताको त्यस्तै : ज्यालामजदुरीका सन्दर्भमा भारतका विभिन्न स्थानमा रहेका दाजुभाइहरूलाई आफू कार्यरत स्थलमा खान बस्न समेत गाह्रो भएपछि जोखिम मोलेर आफ्नो देश फर्किनुको कुनै विकल्प थिएन ।

अचानक भित्रिने ठूलो संख्यासंगै ठूलै संख्यामा संक्रमितहरु पनि देखिएका छन। अझै पनि भारतबाट दाजुभाइहरु आउने क्रम जारी छ र संक्रमितहरुको संख्या बढन पनि सक्छ । यसबाट आतंकित हुनेभन्दा पनि संक्रमण समाजमा फैलन नदिन निम्नकुराहरूमा ध्यान पुरयाउन हार्दिक अपिल गर्दछु ।
● भारतबाट आउने कुनै पनि दाजुभाइलाई परिवार र समाजमा घुलमिल हुन नदिई सोझै क्वारेन्टाइनमा पठाउने।
● हुलमा कोरोना खोज्दै गएन र घरमै बसियो भने यो हावाबाट सर्दैन र घर घरमा खोज्दै आउदैन ।
● यो संक्रमणबाट बच्ने भनेकै अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने हो।
● समाजमा भ्रम र आतंक सिर्जना गर्ने कुनै काम नगर्ने ।
● यो कुनै जात,धर्म,पार्टी र देशको मात्र होइन समग्र मानवजाति माथिको समस्या हो भन्ने बुझ्ने ।
● सरकारको निर्णयको पूर्ण पालन गरौं। आफू,परिवार,समाज र सिंगो मानवजाति विरूद्धको यो युद्धमा धैर्य,आत्मसंयम र अनुशासनका माध्यमबाट कम भन्दा कम क्षतिमा विजय हासिल गरौं !
नभुलौं ” यो मात्रै एउटा यस्तो लडाई जो घरमै बसेर मात्र जितिन्छ ।”

थप जानकारी