राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

शुक्रवार, ९ जेठ २०७७ १६:०६

नयाँदिल्ली, जेठ ९ गते । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख १८ हजार ४४७ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । (रासस–एएनआई)

थप जानकारी