राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग हुनु र प्रशारण गरिनु खेदजनक छ: बोहरा

शुक्रवार, ९ जेठ २०७७ १८:१७

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका नेता दीपक बोहराले एउटा टेलिभिजनको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोगहुनु र प्रशारण गरिनु खेदजनक भएको बताएका छन् ।

एउटा टेलिभिजनको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग भएको भनि आलोचना भइरहेका बेला नेता बोहराले त्यसलाई खेदजनक रहेको बताएका हुन ।

उनले भनेका छन,‘हरेक बर्गको आफ्नो स्वाभिमान हुन्छ । जातीय विभेद संबिधानले समेत वर्जित गरेको छ । जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु ।’

थप जानकारी