राष्ट्र हितमा समर्पित
सोमवार, जेठ १२, २०७७

कोरोना अपडेटः विश्वभर संक्रमित ५२ लाख नाघ्यो, ३ लाख ३९ हजारको मृत्यु

शनिवार, १० जेठ २०७७ ११:५३

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३९ हजार ४२५  जनाकाे मृत्यु भएको छ । वल्डोमिटरर्सको अनुसार शनिबार बिहानसम्म विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २५२ जनाको ज्यान गएको छ ।

वल्डोमिटरर्सको अनुसार शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या ५२ लाख ९८ हजार नाघेको छ ।  पछिल्लाे २४ घण्टाको अवधिमा एक लाख सात हजार नयाँ संक्रमित भेटिएका छन् ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार  ५८३ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख २ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घन्टामा १२ सय ९३ जनाको ज्यान गएको छ भने अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६सय ४७ पुगेको छ ।

अमेरिकामा १६ लाख ४५ हजार जना संक्रमित भएका छन् । नेपालका पनि दिनानुदिन संक्रमितकाे संख्या बढ्दाे छ । शुक्रबार साँझसम्म ५ सय १६ जनाकाे काेराेना भाइरस संक्रमण देखिएकाे छ ।

थप जानकारी