राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ २३, २०७७

लिपुकेक-लिम्पियाधुरा: नेता, जनता र राजा

शनिवार, १० जेठ २०७७ १२:११

-हरि कौडिन्यायन

कालापानी लिपुलेक र लिम्पियाधुराको तातो बहसमा अनायास रूपमा भारतीय पुर्व जेनेरल गगनदीप बक्षीबाट उजागर भएको माओबादी जनयुद्ध, राजा र हिन्दुराष्ट्र सम्बन्धका विचारले नेपालमा नयाँ खालको बहसको जन्म भएको छ ।

भारतीय बिस्तारबाद बिरुद्ध सुरुङ्ग युद्ध गर्छौ भनेर हतियार उठाएको समुहले त्यहि भारतमा आश्रय लिनु र त्यहि भारतको आदेश अनुरुप कार्य गरेको भनेर ऐले कुरा आउनुले ति निरिह १७००० ज्यान गुमाएका सहिदको रगतको मूल्य खरानी भयो भन्ने कुरा पनि आउनु स्वाभाविक नै हुने भयो । भारतीय पक्ष्यले रुख चढाएर फेद काट्ने कुनै नौलो कुरा त होइन तर पनि नेपालका सबैजसो राजनेताहरु भारतीय गुलामीमा केहि कसर बाकी नराख्ने गरेकोतर्फ पनि यथेस्ट तथ्य पनि उजग्रित भएको छ । संविधान बनाउने बेलामा किन ८०% ओमकार परिवारको धर्म सम्बन्धमा नेतृत्वलाई दिइएको सुझाब समेटियेन भन्ने कुराको पनि अघोसित पर्दाफास भएको छ ।

दलिय संयन्त्रबाट भएका कोशी, महाकाली, टनकपुर लगायतका सम्झौता तिर शुक्ष्म दृस्टी दिदा ति सवै सम्झौता त्रुटिपूर्ण रहेको तितो यथार्थ देखिदै आएको छ। ति कुनै पनि सम्झौताहरु गहन अध्ययन बिना भारतीय स्वार्थको पूर्ति हेतु मात्रै नेपाली नेताहरु लागिपरेको तथ्य क्रमश : प्रस्फुटित हुदैगरेको भान हुन्छ । पदको लागी नेताहरुको रास्ट्रीयता र स्वाधीनतामा सम्झौता गरिने गरेको कारण ले आजको मितिमा भारतभन्दा जेठो नेपाल भारतको छोटा भाईको नामबाट थिचे पनि हुने किचे पनि हुने औकातमा पुगेको छ। भारतीय समाचार मध्यम मा ब्यक्त विचार हेर्दा र सुन्दा त त्यो भन्दा पनि सेवकको स्थानमा नेपाललाई राखेको प्रस्ट नै छ ।

यो सबै तथ्यले पुराना विभिन्न घटना तथा दुर्घटनामा कतै भारतीय संलग्नता त छैन भन्ने शंकाको पनि जन्म दिएको छ । जेनेरल बक्षीको भनाइतिर सुक्ष्म मुल्यांकन गर्दा कतै लोकप्रिय राजा बिरेन्द्रको वंश नाशमा पनि संलग्नता हुनसक्ने आधारहरुले जन्म लिएको छ । शंकाको घेरामा लोकप्रिय नेता मदन भण्डारीको दुर्घटना पनि आएको छ। कसै कसैको मुखबाट पुर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको बखत टाउकोमा देखिएको चोट पनि भारतीय सड्यन्त्रबाट घटाइएको हत्या त हैन भन्ने जस्ता गुप्त शंका व्यक्त गर्न थालेका छन् र समय ले होइन भन्न सक्ने कडा आधार पनि त देखिदैन।

नेपाली माटोमा जन्मिएर भारतमा कर्मभूमि बनाएकी सिता आज सनातन सभ्यताकी पुजनीय देवीको रूपमा रहेकी छिन् । आफु पाप रहित दोष रहित हुदा समेत बनबासको भागीदार भएकी सीताको माइती रहेको नेपालीको जात आफु मरेर भएपनि अरुको रक्षा गर्ने जति हो । बेलायत र शरणागत भारत को निमित्त गोर्खा सेना मार्फत रगत नेपाल र नेपाली ले बहाएको दृस्टान्त यो कुराको साक्षी छ । यो सिताको प्रसङ्ग र नेपाली मन सम्झदा एउटा कुराले भने पक्कै सोच्न बाध्य बनाएको छ । कतै निर्दोष सिता लाइ बनबास दिएर पछि पछुताए जस्तै हामीले पुर्व राजा ज्ञानेन्द्र संग त गरेका छैनौ ? कतै सिता माथि भएको सड्यन्त्र जस्तै ज्ञानेन्द्र माथि भएको त होइन ? कतै पछि न्याउरी मारी पछुतो त हुने होइन भन्ने कुराले भने मन कुटुक्क खान्छ। आफु मरेर अरुलाई बचाउने हामी नेपालीले अन्याय गर्नु हुँदैन त्यसैले यसमा नितान्त गहिरो विचार गरिनु आजको आवस्यकता पनि हो। भारत संगको लफडामा भारतीय हिन्दु पक्ष्यको साथ लिने प्रयोजनको निमित्त भएपनि नेपालमा राजसंस्थाको आवस्यकता रहेको छ।

माओबादीको राजनैतिक बिचारमा आएको बिचलन ले निर्दोष १७००० नेपालीले अनाहकमा ज्यान दिनु पर्यो । देशको धर्म र संस्कृत व्यवस्था दुषित हुन पुग्यो। त्यहि वर्ग शत्रु भारत माओबादी चाल्ने मालिक भयो। अब ति शहिद परिवार ले माओबादीको बलिको बोको बनाइएको कारणको जवाफ माग्नु अधिकार पनि हो र आवस्यकता पनि । दलिय संयन्त्र ले पनि कोशी, महाकाली, टनकपुर लगायतका सम्झौतामा भएका त्रुटिहरु, हिन्दु राष्ट्र किन राखिएन भन्ने जस्ता हामी नेपालीका पहिचानका कुरा बिरुद्ध लागिएको जवाफ दिनु पर्ने छ। जनताले पनि अबिलम्ब माग्नु पर्ने छ। देश बेचेको कुनै प्रमाण नभएको संबैधानिक राजसंस्था फाल्नुको औचित्य पुस्टि गर्नु पर्ने टट्कारो आवस्यकता छ।

शरण दिएको देश नेपालले आफ्नै भूभाग ओगटेर बस्ने कृत्य कदापी सहि मान्न सकिने होइन र सहन पनि सकिदैन, यसको बिरोध गर्नु र मातृभूमि फिर्ता गर्न गराउन राजनैतिक विचारधारामा भिन्नता भएता पनि सिमानाको बिषयमा बिचारमा एकरूपता हुनु राष्ट्रवाद हो र लेखक आफ्नो देश को सरकारको पूर्ण समर्थन गर्दै आवस्यक सहयोग पनि गर्ने बचनबद्धता ब्यक्त गर्दछ ।

थप जानकारी