राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

सरकारले वेवास्ता गरेपछि कचनकवल गाउँपालिकाले आफैं किन्याे भिटिएम

शनिवार, १० जेठ २०७७ १९:५६

विर्तामाेड । सरकारले सहयाेग नगरेपछि झापाको  कचनकवल गाउँपालिकाले आफ्नै खर्चमा भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम ) खरिद गरेकाे छ ।

कोरोना संक्रमणको रेड जोन मानिएको कचनकवलले संघीय र प्रदेश सरकारले वेवास्ता गरेपछि गाउँपालिकाले आफ्नै खर्चमा भिटिएम किनेकाे हो ।

गाउँपालिका अध्यक्ष अञ्जार आलमका अनुसार हाल गाउँपालिकाले ५०० थान भिटिएम किनेकाे  र फेरि ५०० थान मगाएकाे उनले बताए । ‘हामीले सरकारले सहयाेग गर्ला भनेर धेरै समय कुरेर बस्याैं । तर कुनै चासाे नदेखाएपछि हामीले आफै किनेका हाैं । हामी हाम्रा जनताका लागि कुनै सम्झाैता गर्न चाहान्नाैं,’ उनले भने ।

एउटा भिटिएमकाे भ्याट बाहेक ४ सय रुपैयाँ मूल्यमा खरिद गरेकाे पनि अध्यक्ष आलमले बताए ।

शनिबार विहान  प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर उक्त क्षेत्रमा पुगेकी थिइन् । अध्यक्ष आलमले राज्यमन्त्री गजमेरले १०० थान स्यानिटाइजर र ५०० थान मास्क, स्वास्थ्यकर्मीका लागि २० सेट पीपीई र ३ थान थर्मोमिटर  दिएकाे बताउँदै हाल आफूहरुका लागि सबैभन्दा महत्वपूर्ण भिटिएमनै भएकाे बताए । ‘राज्यमन्त्रीज्यू आएर केही सामान दिनुभयाे । तर हामीलाई चाहिएकाे अहिले भिटिएम हाे । त्यसका लागि कुनै सहयाेग भएएकाे छैन ,’ उनले  भने ।

भारतबाट आएर गाउँपालिकाका विभिन्न क्वारनटाइनमा बसेका मध्ये हालसम्म ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

अझै १३३ जना क्वारेनटाइनमा रहेकाे र ७० जनाकाे हाराहारीमा भारतबाट आउँदै गरेकाे जानकारी प्राप्त भएकाे भन्दै अध्यक्ष आलमले उनीहरु सबैकाे स्वाबकाे नमूना संकलनकाे काम भाेलिबाट सुरु गर्ने पनि बताए ।

पिसिआर गर्नका लागि भिटिएम अभाव हुँदा गाउँपालिकामा भारतबाट आएर क्वारेनटाइनमा बसेकाहरुरकाे परिक्षण हुन सकेकाे थिएन ।

थप जानकारी