राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन १०, २०७७

अतिक्रमित भूमि फिर्ता लिनेबारे गम्भीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्: थापा

आइतवार, ११ जेठ २०७७ १५:३५

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् भन्दै सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष थापाले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस् भनी आग्रह समेत गरेका छन् ।

केही दिनअघि नेपालको नयाँ नक्सा जारी भएसँगै मन्त्री अर्यालले दलका शीर्ष नेताहरुलाई घरघरमा पुगेर बाँडेको फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

अध्यक्ष थापाले लेखेका छन्, ‘नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिँड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्।’ थापाले मन्त्री अर्याललाई कूटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमि फिर्ता लिनेबारे गृहकार्य गर्न पनि आग्रह गरेका छन्। ‘सार्थक कूटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गम्भीर गृहकार्यमा लाग्‍न सरकारको ध्यान जाओस्’, उनले लेखेका छन् ।

थप जानकारी