राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो

आइतवार, ११ जेठ २०७७ १७:३८

काठमाडौं, जेठ ११ गते । कोरोना परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

त्यसैगरी, थप सातजना निकाे भएका छन् । आइसाेलेसनमा ५१३ जना बसेकाे कुरा उहाँले जानकारी दिनुभयाे ।

मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा ४२ वटा जिल्लामा संक्रमण पुष्टि भएको छ ।

थप जानकारी