राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राजाकाे फाेटाे अंकित नोट निषेध गर्ने निर्णय इतिहास मेटाउने पुर्वाग्रही कदमः कमल थापा

सोमवार, १२ जेठ २०७७ १२:१०

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  राजाहरु फाेटाे अंकित नोट निषेधगर्ने राष्ट्रबैंककाे निर्णयलाई इतिहास मेटाउने पुर्वाग्रही कदमकाे संज्ञा दिएका छन् ।

साेमबार एक ट्वीट गर्दै अध्यक्ष थापाले राष्ट्रबैंककाे उक्त निर्णयमा आपत्ति जनाएका हुन् ।

राष्ट्रिय अखण्डताको रक्षागर्न देश एकढिक्का हुनुपर्ने समयमा लिइएकाे यस्ताे निर्णयले राष्ट्रिय एकता कमजोर पार्ने उनकाे ठम्याईँ छ ।

‘ यस्ताे कार्यले राष्ट्रवादी शक्तिलाई विभाजित गर्छ। यो आपत्तिजनक निर्णय फिर्ता लिन माग गर्दछु,’ उनले भनेका छन् ।

आइतबार मात्र राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै पूर्व राजाहरुकाे नाेट चलनचल्तीमा नल्याउन बैंकहरुलाई निर्देशन दिएकाे थियाे ।

थप जानकारी