राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

लकडाउनको बादलबाट चाँदीको घेरा

सोमवार, १२ जेठ २०७७ २१:४६

-सन्तोष गौतम
विगत दुइ महिनादेखि हामि सरकारले नियम पुर्ण रुपमा पालना गरिरहेका छौ । एकमिनेट पनि समय नभएका हरु नतमस्तक छन नया योजना भन्दा समय कसरि काट्ने भन्ने र भाइरस सङ्क्रमितको संख्या गन्तिमै दिनहरु विताइरहेका छन् । लक होडाउन अगाडि नेपाल प्रवेस गरेका केहि संक्रमित बाट अरुलाइ सर्न दिएनौ कोरोना नियन्त्रणमा छ भन्ने सरकारि तथ्य वेलावेलामा सुनिरहेका छौ।
हालसम्म ४जनाको मृत्यु हुदा झन्डै सात सयको नजिकै संक्रमितको संख्या पुग्नुमा खुल्ला सिमिना लुकि छिपि नेपाल प्रवेस नै मुख्य कारण हो ।दैनिक जसो विगत केहि दिन देखि सरदर ६० को संख्यामा संक्रमित थपिनु डरलाग्दो अवस्था हो तर यस्लाइ नियन्त्रण वाहिर जान दिनु हुन्न । कोरिया जापान तथा विकाससिल राष्ट्र भुटान स्रिलंकाले आर्थिक कारोबारलाइ चलायमान बनाउदै हामिले भन्दा फरक तरिकाले कोरना नियन्त्रण गरिरहेका छन् ।जुन देसले कोरोना रोकथाम गर्न सफल छ त्यो देसका जनता राज्यको निति र कानुनलइ सर्वोपरि मानि अनुसासनपुर्वक पालना गर्दछन । हाम्रो जस्तो विकासउन्मुख गरिब राष्ट्रले कसरि कोरोनासंगै आर्थिक मन्दि र भोकमरि तथा भोलिको भविस्यका वारेमा सोच्नुपर्ने वेला आएको छ । मान्छे यस्तो प्राणी हो कि ऊ थाक्न सक्छ तर हार्दैन । हरेकजसो संकट र शत्रुमाथि विजयी बन्दै आएको छ मान्छे । त्यसैले यस लडाइँमा पनि अन्ततोगत्वा मानव सभ्यताले जित्ने नै छ । अहिले विभिन्न राष्ट्रले कोभिड–१९ र यसले पार्न सक्ने प्रभावका बारेमा विभिन्न प्रश्न र अड्कलबाजी गरिरहेका छन् । तर, अब कोभिड अवधिको मात्रै होइन, त्यसपछिको मानव समाज कस्तो हुने भन्ने विषय पनि त्यत्तिकै महत्त्वपूर्ण बनेको छ । सुरुमा स्वास्थ्य तथा चिकित्सा विज्ञानका लागि मुख्य चुनौतीको रूपमा देखा परेको कोभिड–१९ ले हाल विश्व अर्थतन्त्र, सामाजिक आयाम र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि प्रत्यक्ष प्रभाव पार्न थालेको छ ।

प्रारम्भिक समयमा यसले सिर्जना गर्ने आर्थिक, सामाजिक र राजनीतिक प्रभावका बारेमा अत्यन्त न्यून बहस चलेका छन् । यी बहसहरू आगामी दिनमा भने व्यापक हुँदै जाने देखिन्छ । कोरोनाले गर्दा विश्व ठप्प छ, आर्थिक गतिविधि निष्क्रिय बनेका छन् । यद्यपि, क्रमिक रूपमा शिथिल बन्दै गएको अर्थव्यवस्थाले पार्ने तत्कालीन र दीर्घकालीन असरहरूको विश्लेषण र असर न्यूनीकरणका उपायको खोजीका प्रयास पनि सँगसँगै हुन थालेका छन् । कोरोनाको कारणले विश्वले अकल्पनीय आर्थिक समस्याको सामना गर्ने कुरामा अब दुई मत देखिँदैन । विश्वमै यसले उत्पादनमा ठूलो गिरावट ल्याउने र आर्थिक तथा श्रमको क्षेत्रमा ठूलो प्रभाव पार्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । यसले गर्दा आर्थिक व्यवस्था पुरानै अवस्थामा फर्किन केही समय लाग्नेछ

सबैभन्दा ठुलो आम्दानिको स्रोत रेमिट्यान्स थला पर्न सक्छ ।परिवारको माया ,कोरोना त्रास ,देसको राजनिति तथा सामाजिक सन्जालले झल्काइदिएको राष्ट्रप्रेमले रेमिट्यान्स दिने युवा सक्ति तिल्मिलाएको छ।चुन्तामा पिडामा अनि तनावमा जवर्जस्ति काम गर्नु भन्दा एकचोटि परिवारसंग ,जन्म भुमि तथा माटो संग मिलन गर्नका लागि फर्किन दिनु उत्तम विकल्प हो ।त्यसो गर्दा उनिहरु मध्ये केहि स्वदेस विदेस जहा काम गर्न पनि सहज मान्नेछन् ।
उहाहरु परिवार संगको मिलनका लागि हरेक पालिकाको समन्वयमा काम कारबाहि अगाडि वढाउनु पर्दछ छोटे सरकारले प्रयोग गरिरहेका गाडिहरुलाइ प्रयोगमा ल्याइ विदेसमा तथा सिमामा अलपत्र परेकालाइ तुरुन्त ल्याइ क्वारेन्टइको व्यवस्था गर्नु पर्दछ ।सबैले मृत्यु कार्य जस्तै गरि कार्य गर्नु हेलाको भावना नजउाउनु भन्ने भावनाको विकास गर्नु पर्दछ ।
सबैभन्दा महत्बपुर्ण कुरा त हालसम्म राज्यको लकडाउनको परिपालन भन्दा मनको परिपालन ठुलो भएकाले म मनको परिपालन गरि मन लकडाउन गर्छु भनि भोलि देखिनै दिनचर्या अगाडि वढाउनु पर्दछ ।अाजदेखि गरगहना अौठि, घडि व्रासलेट तथा थरि थरिका गहना नलगाउने ,नियमित दारि काट्ने ,पार्लर वा सैलुन जानै परे अाफ्नै सामान कैचि व्लेड गम्छा लैजाने ।काट्ने र काटिदिने दुबैले मास्क तथा साबुन पानिले हात धोएर मात्र सुरु गर्ने ।बैङ्किङ सेबा पुर्ण रुपमा स्मार्ट सेवा वाट गर्ने ,हातलाइ रुमालको रुपमा प्रयोग नगर्ने रुमाल खल्तिमा वोकिरहने ,अति आवश्यकमा वाहेक घरवाट वाहिर नजाने,जुता घरबाहिरै राख्ने ,भित्र पस्दा हात खुट्टा धोएर मात्र पस्ने संका लागेको व्यक्ति हस्पिटल तथा धेरै मानिसको भिडमा जानु भएको छ भने पुरा स्नान गर्ने, रुघा लाग्यो भने तातो पानि खाने, वाफ लिने अन्त्यमा मुखमा मास्क खल्तिमा रुमाल र स्यानिटाइजर ,सामाजिक दुरि अनुसासित जिवन नै अवको जिन्दगिको सुरवात हो खोलौ लकडाउन सुरु गरौ अनुसासित जिन्दगि ।

कोरोनाले कहिलेसम्म विश्वलाई सताउने हो? विश्व अर्थतन्त्रमा ठूलो मात्रा क्षति पुर्याउने कुरा कसैको दुईमत छैन।
विश्व अर्थव्यवस्थालाई भयावह अवस्था सृजना गरेको छ। समय चक्रले नेपाल जस्तो देशको अर्थतन्त्र झनै भयावह अवस्था पुग्ने प्रायः निश्चित छ। बेलाबेलाको संकटमा हामी नेपालीले सधैँ एकाएक राष्ट्रवाद उर्लिएर आउँदछ, आत्मनिर्भर अर्थतन्त्रको चर्को आवाज गर्दछन्। साथै कृषि, उद्योग, व्यापार प्रवर्द्धन, रोजगारीका अवसर दिने, अन्य किसिमका विभिन्न भत्ता दिदै राज्यको भूमिका बढाउने चर्चा हुने गर्दछन्।

संकटको बेला बजारमा वस्तुको मूल्य घटाउनु पर्ने साथै मजदुरको ज्याला बढाउने, बचतमा दिने ब्याज दर बढाउनु साथै ऋणमा ब्याज दर घटाउनु पर्ने, कर छुट दिने साथै सरकारी खर्च बढाउने जस्ता विषयहरु एकअर्कोमा नमिल्दो तर्क गर्दछन्। यस्ता कार्यहरुले राज्यलाई आर्थिक रुपले झन् जटिल अवस्था तिर हिडाउने छ।
कृषि, उद्योग, व्यापार, पर्यटन, निर्माण, यातायात, बैँकिङ, रेमिटान्स, रोजगारी लगायत धेरै क्षेत्रगत तहहरुलाई दूरगामी असर हुने छ। यी क्षेत्रगत समस्याहरु आर्थिक हो, यसको समस्यका निधानकर्ता राजनीतिले गर्दछ।
राज्यको बजेट परिचालनको आठ महिनाको विवरणअनुसार राजश्व संलकन र खर्चको तालमेल मिलेको छैन। कोरोनापछिको अर्थ व्यवस्था झन् फरक हुनेछ। बजेटलाई बेलामै संसोधन गर्नुपर्ने देखिन्छ। यस आर्थिक वर्षको बजेटअनुसार राजश्व असुल्ने रकम रु ९ खर्ब ८१ करोड थियो।

विदेशी अनुदानबाट ५७ अर्ब, विदेशी ऋणबाट २ खर्ब ९८ अर्ब र आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब हुने व्यवस्था गरेको थियो। राजश्वको मुल स्रोत भनेको करबाट हो, करिब ९० प्रतिशत निर्भर हुने गर्दछ। प्राकृतिक स्रोत दोहनबाट उठेको रकम राजश्वमा करिब १० प्रतिशत योगदान निर्भर रहन्छ।
राजश्वमा अप्रत्यक्ष करको हिस्सा ७० प्रतिशत हुने गर्दछ। सम्पत्ति र आयकार प्रत्यक्ष करको हिस्ता ३० प्रतिशत हुने गर्दछ। राज्यले गर्ने खर्चको ठूलो रकम नागरिकले तिरेको वा उपभोगबाट उठेको हुन्छ। नागरिकले खाना, लुगा, शिक्षा, स्वास्थ्य, मनोरन्जन, यातायात, इन्धन लगायत किन्दा तिरेको कर नै प्रमुख स्रोत हो।

बजेटअनुसार आर्थिक वर्षको ९ महिनाको विवरण हेर्दा ५ खर्ब ९० अर्ब लक्ष्यको ५३ प्रतिशत मात्र उठेको अवस्था छ। आगामी ३ महिनामा खासै प्रगती देखिदैन, यस्तो विपतको अवस्था छ। बेला-बेलामा आउने आर्थिक मन्दीले राज्यलाई नयाँ तरिकाले परिवर्तन गराउने मार्गहरु पनि देखाउँदछ। सन् १९३० को मन्दीको कारण थियो समष्टिगत माग घट्नु। जसमा राज्यले बढी खर्च गरेर नयाँ र थप रोजगारी निर्माण भयो, जहाँबाट नागरिकले खर्च गर्ने क्षमता बढ्यो, जहाँबाट वस्तु र सेवाको वृद्धि भएको थियो।
यसले गर्दा उद्योगले मौज्दातमा माग भई उद्योगको लगानी क्षमता बढेर थप उत्पादन भयो। यस प्रकार मन्दीको संकट सरकारले न्यून वित्तिय नीति लिदैँ बढी मात्रामा खर्च गरेको थियो । यसरी सन् २००८ मा भएको मन्दीमा सरकारले खर्चहरु बढाएन, बैँक तथा वित्तिय संस्थाहरुको खस्किएको सम्पत्तिलाई बचाउन समस्याग्रस्त सम्पत्तिलाई सहयोग गर्ने अर्थ नीति गरिएको थियो।

जहाँ ब्याज दर घटाएर शून्यको हाराहारी बनाइएको थियो। ब्याज दर घटेपछि बैँकलाई तिर्नेपर्ने ब्याजको दायित्व घटेर गएको थियो। दायित्व कम भएपछि उद्योगहरुले बचेको रकमले थप लगानी गरी उत्पादन बढाउने अवसर पाएका थिए।
ब्याज दर कम, खराब र कमसल सम्पत्तिलाई सरकारले किनिदिएको थियो। कमसल सम्पत्ति किनिदिँदा, सोबाट कम्पनी वा उद्योगहरुमा रकम पुगेको थियो। जहाँबाट लगानी गरेर उत्पादन बढाउने सुनौलो अवसर प्राप्त भएको थियो।

हालको अवस्थाले आपूर्ति, माग र वासलातको तीन वटै संकट एकै पटक देखापरेको छ। यस्तो महामारीको बेला जुध्न मौद्रिक तथा वित्तिय नीतिलाई निकै सन्तुलित ढंगले  चाल्नु पर्ने देखिन्छ।
विपन्न वर्गको निमित्त राहत प्याकेज दिने कार्यले छिटो समयको लागि उपभोग बढाउने हुँनाले सरकारी पुँजीगत खर्च व्यापक बढाउने पर्ने देखिन्छ। पूर्वाधार निर्माणको काम तीव्ररुपले अगाडि बढाउने, ऋण लिएर भएपनि पुँजीगत खर्चमा व्यापक विस्तार गर्नुपर्ने देखिन्छ, जहाँबाट रोजगारीको माग बढ्छ।
रोजगारी बढेपछि मानिसहरुको हातमा पैसा प्राप्त गर्नेछन् जसले गर्दा पर्यटन तथा वस्तु सेवाको माग वढ्ने छ। साथै उत्पादन बढ्ने छ। यसले राज्यको वित्तिय घाटा बढ्ने छ। सो भएपनि पुँजीगत खर्च बढाउनु पर्छ। पुँजीगत खर्चलाई बढाएपछि चालु खर्चलाई व्यापक मात्रामा कम गर्दै जानुपर्छ, पुँजीगत खर्चले आन्तरिक उत्पादनलाई बढाउन सहयोग गर्नेछ, विलाशीताको वस्तुहरु आयातलाई रोक्नुपर्दछ।

नेपालको प्रमुख प्राथमिकताको क्षेत्र कृषि हो। किसानले आफ्नो उत्पादनलाई आफ्नो मातहत भित्रैबाट प्रशोधन गर्न सक्ने व्यवस्था गर्नै नीति लिनु पर्दछ। जस्तै- धान, गँहु, दुध, तरकारीहरुलाई प्रसोधित गरी चामल, पिठो, पनिर, घ्यू बनाएर हरियो तरकारीलाई सुकएर राख्ने प्रविधिको विस्तार गरी बजार पठाउन सक्ने भएमा जहाँ एक तहको प्रसोधन स्थानीय स्तरमा हुदाँ त्यसले मूल्य अभिवृद्धि गर्नेछ।
किसानको उत्पादनको भण्डार वा संचित गर्ने अवसर प्राप्त हुनेछ। किसानको आर्थिक अवस्था मजबुत हुनेछ। यस्तो कामहरु गर्न राज्यले एक तहको प्रसोधन गर्ने गराउने काम गरी विकास गर्ने गरी पुँजीगत खर्च बढाउने आवश्यकता देखिन्छ। राज्यले पुँजीगत खर्चमा सहयोग गरी दोहोरो लाभ पाउने छ। आपूर्तिको शृंखलालाई बलियो हुन्छ, साथै रोजगारी पनि बढ्ने छ। रोजगारी बढेसँगै बजारको माग बढ्ने गर्दछ।

कोरोनाको कारणले पर्यटन क्षेत्रमा ठूलो असर देखिन्छ। ठूला तारे होटलदेखि सामान्य होटल व्यवसायसम्मलाई धक्का लागेको अवस्था छ। साना पसलदेखि ठूला उद्योगलाई यसले असर दिइरहेको छ। यी सबै क्षेत्रहरुको व्यवसाय घाटा हुने देखिन्छ, यसलाई वासलातको संकट परेको छ।
सबै क्षेत्रहरुले ऋण लिएर व्यवसाय वा उद्योग संचालन गरेको हुन्छन् जुन पुँजी औपचारिक क्षेत्र वा अनौपचारिक क्षेत्र प्राप्ती गरेका हुन्। अनौपचारिक क्षेत्रमा राज्यले हस्तक्षेप गरेर ब्याजदर घटाउन सक्दैन तर औपचारिक क्षेत्रमा घटाउन सक्छ। जहाँबाट ब्याजदर कम हुने छ। सो बेलामा दायित्व घट्ने छ, सो बेला वासलातको संकट पनि हट्छ.
सो अवसर पाएमा व्यवसायीलाई सजिलो हुने गर्दछ। सर्वसाधारण निक्षेपकर्ताको ब्याजदर पनि घट्ने छ। साथै बचतकर्ताहरुले खर्च गर्न रकम निकाल्नेछन् जुन रकम देशैभित्रको उत्पादनको खपतमा जानुपर्छ। बैँकले ब्याजदर कम गर्दा विषेश ध्यान दिने कुरा के हो भने भुक्तानि सन्तुलनमा चाप पर्नसक्छ।
ब्याजदर कमसँगै मानिसले विलाशीताको वस्तु वा सेवा खरिद गर्ने अवस्था पनि आउन सक्छ। राज्यले वस्तुको आयातलाई जुनसुकै नीति लिएर निरुत्साहित गर्ने व्यवस्था गनुपर्ने देखिन्छ।

कोरोना भाइरसले न्यून आय भएका समुदायलाई सबैभन्दा प्रभावित बनाएको छ । यसबाट न्यून आयको ठूलो संख्या रहेको अश्वेत समुदायका नागरिकको असमान रूपले अत्यधिक मृत्यु भएको छ ।
नेपालको नक्शामा सिमा मिचिएको हाम्रो भु- भाग लिपुलेक, कालापानी, लिम्पियाधुरा लाई समेटेर हामी सम्मानित त भयौं। हाम्रो भुमिमा हाम्रो अधिकार स्थापित हुनुपर्छ भनेर देशको सिमा र रास्टृय स्वाधीनताको खातिर सिङ्गो नेपाल र सबै नेपाली एउटै आवाजमा एकठाउँ छौं ।
तर तेहि सिमानामा अपमानित भएर अलपत्र र अप्ठ्यारोमा परेका नेपाली मनहरुलाई स्वदेश फिर्ता गर्ने कहिले?
उनी हरुको रोदन,क्रन्दन र बिन्ती यहि छकी आफ्नो भुमीमा चाडो भन्दा चाडो फिर्ता हुन पाऊँ। सरकारले बुझ्न् जरुरी छकि “रास्टृयता भनेको भूगोल मात्र होइन जानता पनि हुन।

अबको लकडाउन स्थान र स्थिति हेरेर केहि सरलीकरण र आर्थिक प्याकेज सहितको हुनु पर्दछ नत्रभने अहिले राहत बाडेर हिड्ने मान्छे भोलि राहत थाप्ने लाइनमा बस्न पर्ने दिन आउँछ।

अत: रोग नियन्त्रणका लागि लकडाउन उपयुक्त विधि भयतापनी बिकल्प खोज्ने बेला भयको छ।यसले समग्र क्षेत्रमा पारेको प्रभाब, लकडाउन बाट प्राप्त उपलब्धी तथा आगामी योजनाको समिक्षा गरिनु जरुरी छ। यसर्थ, केही दिनका लागि अति प्रभाबित क्षेत्र बाहेक अन्य ठाउँ मा खुकुलो पारेर त्यस बाट सृजित परिणामका आधारमा अतिरिक्त निर्णय गर्न सहज होला ।महामारी आउँछ, जान्छ तर ‘दुर्भाग्यवश मानवीय स्वभाव उस्तै रहन्छ’।

थप जानकारी