राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

विश्वभर कोरोनाबाट ३ लाख ५७ हजारको मृत्यु

बिहिवार, १५ जेठ २०७७ ११:०६

एजेन्सी । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५७ लाख ८८ हजार ७ सय ८२ पुगेको छ ।

वल्डोमिटरर्सको बिहिबार बिहानसम्मको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ३ लाख ५७ हजार ४२५ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर ५ हजार २८३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै १ लाख बढी संक्रमितहरु विगत २४ घन्टामा थपिएका छन् ।

विश्वकै सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १७ लाख ४५ हजार रहेका छन्  । ब्राजिलमा ४ लाख १४ हजार, रूसमा तीन लाख ७० हजार, स्पेनमा दुई लाख ८३ हजार, बेलायतमा दुई लाख ६७ हजार र इटलीमा दुई लाख ३१ हजार सङ्क्रमित रहेका छन् ।

सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । वल्डोमिटरर्सको बिहिबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकामा १ लाख २ हजार १ सय ७ जनाको मृत्यु भएको छ । त्यसैगरी अमेरिकामा विगत २४ घन्टामा १५ सय ३५ जनाको निधन भएको छ । भने २० हजार ५ सय ४६ जना नयाँ संक्रमित देखिएका छन् ।

बिहिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा १७ लाख ४५ हजार ८ सय जना कोरोना संक्रमित पुगेको छन् ।

थप जानकारी