राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

त्रुटि सच्याएर राजसंस्था सहितको लोकतन्त्र स्थापना गर्न प्रेरणा प्रदान गरोस्: अध्यक्ष कमल थापा

बिहिवार, १५ जेठ २०७७ १२:३०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी रापप्राका अध्यक्ष कमल थापाले गणतन्त्र घोषणा गरेको दिनलाई त्रुटिपूर्ण भनेका छन् ।

आज १३ औं गणतन्त्र दिवसको अवसरमा सामाजिक संजालमा सन्देश जारी गर्दै उनले १२ वर्ष अघि आजको दिन गरेको त्रुटि सच्याएर अघि बढ्न अपिल गरेका छन् । १२ वर्ष अघि आजको दिन राजतन्त्र फालेर नेपालमा गणतन्त्र ल्याइएको थियो ।

उनले फेसबुकमा लेखेको छन्, ‘१२ बर्षअघि आज कै दिन गरिएको त्रुटि सच्याएर नेपालको भूराजनीतिक अवस्था र सामाजिकरसांस्कृतिक परिवेश अनुकुल राजसंस्था सहितको लोकतन्त्र स्थापनागर्न आजको दिनले प्रेरणा प्रदान गरोस्। सबै अटाउने ब्यवस्थामा नै राष्ट्रिय एकता,अखण्डता र सार्वभौमिकताको रक्षागर्न तथा सम्बृद्ध नेपाल निर्माणगर्न सकिन्छ’ ।

थप जानकारी